काठमाडौँ — बेलायत सरकारले लिखित प्रतिबद्धता जनाएको एक वर्ष बित्न लाग्दा पनि भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका मागका विषयमा त्रिपक्षीय वार्ता हुन सकेको छैन । नेपाल सरकार, बेलायत सरकार र भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका प्रतिनिधिबीच हुने भनिएको वार्ताका लागि अहिलेसम्म कार्यादेशसमेत तयार भएको छैन ।
- गणेश राई असार १७, २०७४- मंगोलियन सल्लो र आर्यन सल्लो ! सल्लो पनि मंगोलियन र आर्यन ? वाहियात भन्न लाग्छ । खासमा, सामान्य दृश्य घटनाले यो प्रसंग जन्मिएको हो । पंक्तिकार संलग्न नेपाली टोली दक्षिण कोरियाको राष्ट्रपति भवन ‘ब्लू हाउस’ सँगैको ‘नेसनल फोक म्युजियम अफ कोरिया’ को अवलोकन गर्दै थियो । जंगलमय पुराना दरबार संग्रहालय चहार्दै थियौं । नेपालका जंगलमा झैं सल्लाको रूखहरू प्रशस्त देखिए । तर यताका सल्ला त सुलुत्त परेका हुन्छन्, सुरिलो । तर त्यहाँका सल्ला त होचा रहेछन् । फेरि नेपालमा भएका सल्लाले वरिपरिको जमिनै सुक्खा तुल्याउँछ । त्यहाँचाहिं त्यस्तो देखिएन, सबैतिर हरियाली । मैले जिज्ञासा राख्दै थिएँ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले फ्याट्टै भनिहाले, ‘यहाँका सल्ला मंगोलियनजस्ता पुड्का रहेछन् । नेपालका चाहिं आर्यन रहेछ । अग्ला–अग्ला ।’ दक्षिण कोरियाका डाँडाकाँडामा जता हेर्यो उतै हरियाली । वन नीति ज्यादै खँदिलो रहेछ । सडकको दायाँ–बायाँ रूख रोपिएका छन् । हावाहुरी र समुद्री आँधी ताइफुनले ढाल्न नसकोस् भनेर रूखलाई टेको लगाएर राखेका छन् । एकनास हरियाली छाउनुको विशेष अर्थ रहे
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका निम्ति सिपाही गाउँबा
२०७३ भदौ १० गते शुक्रबार गणेश राई संविधानले मुलुकलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ भनेर परिभाषित गरेको छ । यद्यपि ‘भन्न नछोड्ने, गरेर नदेखाउने’ सरकारको विशेषता हो । संविधानमा जे लेखिएको छ त्यो व्यवहारमा देखाउने पहल नहुनु भाषा व्यवस्था त्यसको एक उदाहरण हो । नेपालको संविधानको प्राक्कथनमा छ । ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’ एकल संरचना निरन्तरता यी वाक्ले उजागर गरेको छ । मुलुकमा देवनागरी या रोमनबाहेक अरु लिपिको चर्चा गरिन्न । नेपालमा पा“च महापरिवारका १ सय २३ भाषा बोलिन्छन् । भारोपेली, द्रविड, आग्नेय र भोट बर्मेली परिवार छन् भने कुसुन्डा भाषाका परिवार छुट्टिन बा“की छ । मुलुकमा १४ वटा लिपि प्रचलनमा रहेका छन् । रोङ लिपिमा लेप्चा भाषा लेखिन्छ । किरात लिपिमा किराती भाषा
Comments
Post a Comment