प्रवास - पत्रकार महासंघ यूकेमा नयाँ नेतृत्व

 कान्तिपुर संवाददाता

लन्डन — नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल निर्वाचित भएका छन् । आइतबार लन्डनमा सम्पन्न पाँचौं अधिवेशनले अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 

अर्याल अन्नपूर्ण पोस्ट दैनिकका लागि बेलायत संवाददाता तथा नेपाली लिंक डटकमका सम्पादक हुन् । त्यसै गरी शाखाको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार र महासचिवमा नरेन्द्र बस्नेत विजयी भएका छन् । कार्यसमितिका अन्य सबै पद निर्विरोध भए पनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो । मतदाता ४३ जना थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरूमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनीत गरिनेछन् । अधिवेशन केन्द्रीय प्रतिनिधि भगीरथ योगीले निर्वाचित पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ११:१९https://ekantipur.com/diaspora/2021/06/14/162364882623018444.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि