यायोक्खाको निप्सुङ ३८ औ अंक सार्वजनिक

 

मोरङ । किरात राई यायोक्खाको केन्द्रीय समितिले प्रकाशन गर्दै आएको निप्सुङ ३८ औ अंक बुधबार सुनसरीको धरानबाट सार्वजनिक भएको छ । 

केन्द्रीय तथ्याङ्क बिभागले आगामी जेठ २५ देखि असार ८ गते सम्म १२ औ राष्ट्रिय जनगणना गर्दैछ । गणनामा राई समुदायको सहि तथ्याङ्कको लागि किरात राई यायोक्खाले प्रदेश ब्यापी अभियान सञ्चालन गर्दै आएको छ । 

निप्सुङ ३८ औं अंक जनगणना विशेषाङ्कको रुपमा प्रकाशन भएको हो । धरानको यलम्बर स्मृर्ति भवनमा आयोजित निप्सुङ सार्वजनिक तथा प्रशिक्षण कार्यक्रममा यायोक्खा केन्द्रीय अध्यक्ष दिबस राई, १ नम्बर प्रदेश समिति संयोजक पारशमणी राई, महासचिव जनक राई, उपमहासचिव शुभचन्द्र राई, सचिव तथा निप्सुङको प्रधान सम्पादक अर्जुन जम्नेली राई, सचिव दोर्पध्वज राई पूर्ब पदाधिकारी सदर राई लगायतको उपस्थितिमा सार्वजनिक भएको हो । 

निप्सुङमा डा. तारामणी राई, पत्रकार गणेश वाम्बुले राई, किरात राई प्राज्ञ परिषदको कुलपति जयकुमार राई, राष्ट्रिय आदिबासी जनजाति उत्थान प्रतिष्ठानको पूर्ब उपाध्यक्ष जितपाल किरात, यायोक्खा पूर्ब केन्द्रीय उपाध्यक्ष दुर्गा राई, वर्तमान पदाधिकारी÷सदस्यहरुको जनगणना सम्बन्धी लेख समेटिएको छ । ३८ औं अंक जनगणना, अन्तरवार्ता, मन्तब्य, समय सन्दर्भ, दस्तावेज, साहित्य र यायोक्खाको गतिविधिहरु गरी सात खण्डमा ११२ पृष्ठ रहेको छ । यो अंकमा सिक्किमको निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङले यायोक्खाको कार्यक्रममा दिनुभएको राजनीतिक जीवन, दर्शनसँग सम्बन्धित मन्तब्य राखिएको छ । 

कार्यक्रममा यायोक्खा केन्द्रीय अध्यक्ष दिबस राई, महासचिव जनक राई, १ नम्बर प्रदेश अध्यक्ष पारशमणी राई, सदर राई लगायतले प्रशिक्षण दिएका थिए । यायोक्खाले आगामी जनगणनामा जातिको महलमा राई, मातृ, भाषा र पूखौली भाषाको महलमा थरगत भाषा, दोस्रो भाषाको महलमा राई समुदायकै कुनै भाषा र धर्मको महलमा किरात लेख्न, लेखाउन अभियान सञ्चालन गर्दै आएको छ । निप्सुङ सार्वजनिक तथा प्रशिक्षण कार्यक्रममा १ नम्बर प्रदेशको बिभिन्न जिल्लाहरुबाट यायोक्खाको जिल्ला स्तरका कार्यकर्ताहरु सहभागिता रहेको थियो । 

http://www.ratokalam.com/news/detail/100717/?fbclid

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि