विश्वको जनसंख्या ७ अर्ब ७९ करोड ७२ लाख ८९ हजारभन्दा बढी

जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता
गणेश राई
काठमाडौं– सरकारले देशको जनसंख्या वृद्धिदर सन्तुलनमा ल्याउन सकेको र अब यसको व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ । विश्व जनसंख्या दिवस (जुलाई ११)का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विज्ञप्ति जारी गर्दै उक्त दावी गरेका हुन् ।
यो वर्षको नारा ‘कोभिड–१९ संक्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरूको स्वास्थ्य र अधिकार सुरक्षित गरौं’ रहेको छ । ंकोभिड–१९ ले विश्वका १ करोड भन्दा बढी मानिसहरू संक्रमित छन् । त्यसमा महिला, बालबालिका लगायत समाजका विविध पक्षमा ठूलो असर गरेको छ ।
केन्द्रीय तथ्यांक विभागले निर्धारण गरेको जनसंख्या घडीअनुसार शनिबार (असार २७ गते) देशको जनसंख्या ३ करोड १६ सय २ सय २२ पुगेको छ । विश्वको जनसंख्या ७ अर्ब ७९ करोड ७२ लाख ८९ हजारभन्दा बढी छ ।
सन् १९९४ मा जनसङ्ख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले प्रतिवद्धता जनाएअनुसार राम्रा काम भएको दावी गरिएको छ । ‘जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बाल विवाहमा कमी, सुरक्षित मातृत्व लगायतका क्षेत्रमा हामीले ठूलो प्रगति गरिसकेका छौं,’ मन्त्री ढकाल हस्ताक्षरित विज्ञप्तिमा छ, ‘जनसङ्ख्या विकासको मूल आधार र देशको अस्तित्व स्थापना गर्ने एक मूलमापक नै हो ।’
जनगणना–२०६८ को नतिजाले नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर १.३५ रहेको छ । ‘जनसङ्ख्याको नियन्त्रणभन्दा पनि जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सन्तुलित जनसङ्ख्याको वितरण र प्रभावकारी जनसङ्ख्या व्यवस्थापनको मार्गमा जनसङ्ख्याका खासखास सूचकहरूमा सुधार गर्नु पर्ने अवस्था छ ।’ मन्त्रालयले सेवा सुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाइ“सराई गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने जनाएको छ । ‘व्यवस्थित बसोबासको व्यवस्था मिलाई अव्यवस्थित सहरीकरण रोक्ने तर्फ सरकारले ध्यान दिइरहेको छ,’ उल्लेख छ ।
मन्त्रालय जनसंख्या महाशाखाका उपसचिव मुक्तिनाथ खनालका अनुसार अव्यवस्थित बसाइ“सराईका कारण जनसंख्या वृद्धि दर अझ घट्दो छ । ‘एक विवाहित महिलाले औषतमा २.३ जना बच्चा जन्माउ“छ,’ जनसंख्या वृद्धिदर कम भइसकेको उल्लेख गर्दै खनालले भने, ‘जातिगत हिसाबमा कतिपयमा जातजाति लोप हुने स्थितिमा छ । मुस्लिमबाहेक अरुको घट्दो छ । अव्यवस्थित बसोबास, बसाईसराईलगायत व्यवस्थापनका विविध पक्षलाई मन्त्रालयले ध्यान दिएको छ ।’ त्यसैगरी कृषियोग्य जमिन मरुभूमिकरण, रोजगारी सिर्जना गर्न, एकीकृत वस्ती विकास गर्ने उनले जनाए ।
नेपालस्थित संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपी)ले विश्व जनसंख्या दिवसका अवसरमा वर्तमान परिवेशमा कोरोना भाइरस चुनौतीपूर्ण रहेको जनाएका छ । ‘नेपालभरिको स्वास्थ्य प्रणालीले कोभिड–१९ को प्रतिकार्यको सामनामा सङ्घर्ष गरिरहनु परेकाले यौन तथा प्रजनन् स्वास्थ्य सेवा ओझेलमा पर्ने जोखिम बढेको छ,’ युएनएफपीले भनेको छ, ‘ महामारीले विद्यमान लैंगिक असमानतालाई अझ थप खराब बनाएको छ । देशभरि नै लैंगिक हिंसा एवं यौन शोषण र दुव्र्यवहारको घटनाहरूको जानकारीमा वृद्धि भइरहेको छ ।’
उसले प्रजनन् स्वास्थ्य सेवा र सामग्रीहरु महत्वपूर्ण र जीवन बचाउने हु“दाहु“दै आपूर्तिहरू अवरुद्ध भएको औंल्याएको छ । ‘जसले गर्दा गर्भनिरोधक साधन र अन्य व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको उपलब्धतालाई असर पुगेको छ,’ यूएनएफपीएले भनेको छ । उसले महामारीको बेला महिला तथा किशोरीहरू विशेष गरी गर्भवती तथा स्तनपान गराउने महिला र क्वारेन्टिनमा बसेकाहरू माझ समयमै गुणस्तरीय स्याहार पहु“च हुने कुरा सुनिश्चित गरिरहेको जनाएको छ ।
साथै, घर तथा क्वारेन्टिनहरूमा रहेका महिलालाई मर्यादा किट (सामग्री) वितरण, गुणात्मक यौन तथा प्रजनन् स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य प्रणालीको सुदृढिकरणमा सहकार्य गर्दै आएका छ । यूएनएफपिएले स्वास्थ्यसम्बन्धी सेवाहरू दूर्गम क्षेत्रमा पु¥याउन संघ, प्रदेश र स्थानीय तहका सरकारस“ग तथा अन्य साझेदारी संस्थामार्फत काम गर्दैआएको जनाएको छ । क

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि