ब्याक भयो कान्तिपुर, पत्रकारलाई खुशीको समाचार



काठमाडौं । पत्रकार, कर्मचारीलाई बेतलबीमा राख्ने निर्णयमा कान्तिपुर पब्लिकेसन्स् प्राली ब्याक भएको छ ।
उक्त प्रकाशन गृहले शुक्रबार नेपाल पत्रकार महासंघलाई एक पत्र लेख्दै त्यसबारे प्रष्टीकरण दिएको हो ।
कान्तिपुरले केही दिनदेखि टेलिफोनबाट पत्रकार, कर्मचारीलाई मौखिक रुपमा बेतलबी बिदामा बस्न २ सय भन्दा बढीलाई टेलिफोन गरेको थियो ।
तर, पत्रमा भने आफूहरुले त्यसरी विदामा नराखिएको, समयमै तलब लगायत पारिश्रमिक दिने समेत उल्लेख छ ।
कान्तिपुरको मुख्यालय र बाहिरका सहकर्मीलाई बेतलबीमा बस्न उर्दी गरिएको थियो ।
ती पत्रकारले महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई गुनासो गरेका थिए ।
त्यससम्बन्धी लगातार समाचार खुलानेपालमा प्रकासन भएको थियो ।
सम्पादक सुधीर शर्मा सहित केहीले अन्याय र भेदभावपूर्ण तरीकाले सूची बनाई पत्रकारलाई तनाव दिएको भन्दै विरोध भएको थियो ।
महासंघले कान्तिपुरबाट आएको पत्रका आधारमा एक विज्ञप्ति प्रकासन गरेको हो ।
हेरौं विज्ञप्ति
  • खुला नेपाल डेस्कखुला नेपाल डेस्क
    खुला न्युज झन्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिनुभएको अनुभवि पत्रकारहरुको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
प्रतिक्रिया

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि