ब्याक भयो कान्तिपुर, पत्रकारलाई खुशीको समाचार
खुला नेपाल शुक्रबार, बैशाख १२, २०७७ Facebook Twitter Email Messenger काठमाडौं । पत्रकार, कर्मचारीलाई बेतलबीमा राख्ने निर्णयमा कान्तिपुर पब्लिकेसन्स् प्राली ब्याक भएको छ । उक्त प्रकाशन गृहले शुक्रबार नेपाल पत्रकार महासंघलाई एक पत्र लेख्दै त्यसबारे प्रष्टीकरण दिएको हो । कान्तिपुरले केही दिनदेखि टेलिफोनबाट पत्रकार, कर्मचारीलाई मौखिक रुपमा बेतलबी बिदामा बस्न २ सय भन्दा बढीलाई टेलिफोन गरेको थियो । तर, पत्रमा भने आफूहरुले त्यसरी विदामा नराखिएको, समयमै तलब लगायत पारिश्रमिक दिने समेत उल्लेख छ । कान्तिपुरको मुख्यालय र बाहिरका सहकर्मीलाई बेतलबीमा बस्न उर्दी गरिएको थियो । ती पत्रकारले महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई गुनासो गरेका थिए । त्यससम्बन्धी लगातार समाचार खुलानेपालमा प्रकासन भएको थियो । सम्पादक सुधीर शर्मा सहित केहीले अन्याय र भेदभावपूर्ण तरीकाले सूची बनाई पत्रकारलाई तनाव दिएको भन्दै विरोध भएको थियो । महासंघले कान्तिपुरबाट आएको पत्रका आधारमा एक विज्ञप्ति प्रकासन गरेको हो । हेरौं विज्ञप्ति लेखक परिचय लेखकबा...