खेलकुद - नयाँ नेपाललाई व्याकुल माइला गोल्डकप


कान्तिपुर संवाददाता
ओखलढुंगा — सविन केसीको ह्याट्रिकसँगै आठौं व्याकुल माइला गोल्डकप फुटबलको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाज सोक्माटार ओखलढुंगाले जितेको छ । मानेभन्ज्याङ गाउँपालिका–६ दूधकोशी किनारको मैदानमा मंगलबार सम्पन्न फाइनलमा ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।
ज्वालामुखीको तर्फबाट सनिश नेपालीले एक गोल गरे । विजेताले १ लाख ५० हजार र उपविजेताले ८० हजार रुपैयाँ पुरस्कार पाएका छन् । सेमिफाइनलमा पुगेका दुई टिम हिलेपानी फुटबल क्लब र वेस्ट काठमाडौं फुटबल क्लबले १५–१५ हजार रुपैया पाए । विभिन्न जिल्लाका २६ टिम सहभागी थिए ।

१० हजार रुपैयाँसहितको दिलकर्ण वेस्ट टिमको अवार्ड वेस्ट काठमाडौं फुटबल क्लबले पाएको छ । सर्वाधिक गोलकर्ता सविन केसी भए । उनले ८ गोल गरे । उत्कृष्ट खेलागी मानस राई, उत्कृष्ट गोलरक्षक जंगबहादुर आले, उत्कृष्ट डिफेन्डर सुमन राई, उदीयमान खेलाडी क्षितिज राई घोषित भए । उनीहरूले जनही ५ हजार नगद प्राप्त गरे । ९ वर्षदेखि व्याकुल माइलाको जन्मस्थान मानेभन्ज्याङ ६, सोक्माटारमा प्रतियोगिता हुँदै आएको हो ।


प्रकाशित : कार्तिक ७, २०७६ ०८:४१https://ekantipur.com/sports/2019/10/24/157188576267649869.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि