दृष्टिविहीन विद्यार्थीलाई सधैं सास्ती
न विद्यालय, न शिक्षक, न ब्रेल पाठ्यपुस्तक, दृष्टिविहीनलाई सधैं सास्ती ब्रेल पुस्तकको विकल्पक खोज्दै छौं : मन्त्रालय श्रावण १३, २०७६ गणेश राई काठमाडौँ — भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी कक्षा ११ पढ्ने सुरसार गर्दै छन् । २०७५ सालको एसईईमा सहभागी ४ लाख ५९ हजार २ सय ७५ जनामध्ये करिब ७० जना दृष्टिविहीन विद्यार्थी थिए । अधिकांश दृष्टिहीन विद्यार्थीको ग्रेड र जीपीए उत्कृष्ट छ । ती दृष्टिविहीन विद्यार्थीले कक्षा ११ पढ्ने तरखरमा छन्/छैनन् ? लेखाजोखा गर्ने निकाय मौन छ । देशभरिका ८२ विद्यालयमा दृष्टिविहीन विद्यार्थी पढ्ने व्यवस्था छ । त्यो व्यवस्था कक्षा १० सम्म मात्र हो । शिक्षा मन्त्रालयले कक्षा ११ र १२ मा ब्रेल पाठ्यपुस्तक र सन्दर्भ सामग्री व्यवस्था गरेको छैन । त्यसैले एईई उत्तीर्ण ती दृष्टिविहीन विद्यार्थी कहाँ पढ्दै छन् ? कसरी पढ्दै छन् ? कुनै निकायलाई थाहा छैन । संविधानको धारा ३१ (४) मा भनिएको छ, ‘दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाका माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने हक हु...