काठमाडौँ — बेलायतको टाइम्स हाइअर एजुकेसन (द) ले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रिभुवन विश्वविद्यालय विश्वका उत्कृष्ट एक हजारमा पर्न सफल भएको छ ।
वेब र्यांकको सन् २०१७ को मापनमा त्रिवि ३ हजार ८ सय ९५ औं स्थानमा थियो। वेभकै त्यसअघिको मूल्यांकनमा त्रिवि ४ हजार २ सय ४१ औंं स्थानमा परेको थियो।
वेब र्यांकको मापनमा केही सुधार आएपछि त्रिविले सन् २०३० भित्र विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा पर्ने लक्ष्य लिएको थियो। ‘द’ को मापन सार्वजनिक भएसँगै त्रिविले १२ वर्षअघि नै लक्ष्य पूरा भएको घोषणा गरेको छ। त्रिवि पदाधिकारी, प्राध्यापक र कर्मचारीले उत्कृष्ट हजारमा पर्न सफल भएको भन्दै खुसियाली साटासाट गरिरहेका छन्।
त्रिविका पूर्वउपकुलपति हिराबहादुर महर्जनले भने फरक/फरक संस्थाले गरेको मूल्यांकनमा पहिलेदेखि नै नतिजा फरक/फरक आउने गरेको बताए। ‘३८ सयबाट सुधार भएर एक हजारभित्र परेको होइन,’ उनले कान्तिपुरसँग भने, ‘फरक/फरक संस्थाले गर्दा तलमाथि पर्न सक्छ।’
एउटै संस्थाले गरेको अध्ययन नभएकाले सुधार भएको मान्न नसकिने उनको भनाइ छ। द्विविधामा नपरी दुवै मापनलाई मान्यता दिनुपर्ने उनको तर्क छ। ‘विश्वविद्यालयको मापन विभिन्न संस्थाले गरिरहेका हुन्छन्,’ उनले भने, ‘हामी प्रक्रिया पूरा गरेर मापनमा सहभागी हुन नसक्दा स्कोरमा पछि परेका छौं, त्रिविको स्तर त्यति नराम्रो छैन।’ स्रोत, साधन र प्रविधिका कारण त्रिभुवन विश्वविद्यालय मापनमा पछि परेका महर्जनले औंल्याए।
‘द’ का अनुसार १९ स्कोर ल्याएर त्रिभुवन विश्वविद्यालय उत्कृष्ट हजारभित्र परेको हो भने ९६ स्कोर ल्याएर अक्र्सफोर्ड विश्वविद्यालय विश्वको उत्कृष्ट १ मा परेको छ।
गत सेप्टेम्बर २६ मा सिंगापुरमा भएको कार्यक्रममा उक्त घोषणा भएको त्रिविका उपकुलपति तीर्थ खनियाँले बताए। ‘पहिले वेभले आफूखुसी अध्ययन गरेर घोषणा गथ्र्यो, उसले पहिला हाम्रा वेबसाइटहरू अध्ययन गरेर घोषणा गर्दो रहेछ,’ उनले भने, ‘अहिले हामी विश्वविद्यालयहरूको मूल्यांकन प्रतिस्पर्धामा सहभागी भयौं, हाम्रा डकुमेन्ट बुझाएर हजारभित्र पर्न सक्यौं।’
‘द’ ले विश्वविद्यालयको मापन गर्नका लागि १३ वटा सूचकांकलाई पाँच समूहमा विभाजन गरी अंक प्रदान गरेको त्रिविले विज्ञप्ति जारी गरी जनाएको छ। जसमा त्रिविले शिक्षणमा ९.२, रिसर्चमा ६.६, साइटेसनमा ३५.७, इन्डस्ट्री इनकममा ३४.० र इन्टरनेसनल आउटलुकमा ४५.२ औसत स्कोर ल्याएको छ।
उपकुलपति खनियाँले त्रिविले अब विश्वको उत्कृष्ट ५ सयभित्र पर्ने लक्ष्य अघि सार्ने जनाए। ‘एक हजारभित्र त पर्यौं, यसमा टिकिराख्न चुनौतीपूर्ण छ,’ उनले भने, ‘अहिलेसम्म मापनमा सहभागी भएका थिएनौं, अब तयारीका साथ अर्को वर्षबाट प्रतिस्पर्धामा जान्छौं।’
रजिस्ट्रार डिल्लीराम उप्रेतीले पहिलो पटक प्रतिस्पर्धामा जाँदा अप्रत्याशित नतिजा आएको बताए। ‘कमजोरी सच्याएर अघि बढ्न झनै उत्साहित हुनुपर्छ,’ उनले भने, ‘हजारभित्र पर्दा त्रिविको विश्वसनीयता र गुणस्तरप्रति विश्वभरमै आकर्षण बढेर जान्छ।’
‘द’ ले सन् २००४ देखि नै विश्वका उत्कृष्ट विश्वविद्यालयको तह निर्धारण गर्दै आएको छ। यीबाहेक अन्य संस्थाले पनि विश्वविद्यालयहरूको मापन गरिराखेका हुन्छन्।
प्रकाशित : आश्विन २०, २०७५ १९:३८https://www.kantipurdaily.com/news/2018/10/06/153883154588553044.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
गोविन्द न्यौपाने मंगलबार, ५ साउन, २०७८ के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छवि राजा अंशुवर्मा । तस्वीर स्रोत: 'नेपालका राष्ट्रिय विभूतिहरू' पुस्तकबाट । लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। गोविन्द न्यौपाने नेपालको इतिहासमा लिच्छविकाललाई प्रथम प्रामाणिक इतिहास र त्यसअघिका गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक, मिथकीय वा आद्यइतिहास भनिन्छ। राजा मानदेवद्वारा जारी शक सम्वत् ३८६ (इ.सं. ४६४)को चाँगुनारायणस्थित अभिलेख नेपालको पौराणिक इतिहास र प्रामाणिक इतिहासबीचको सीमारेखा हो। पशुपतिस्थित सम्वत् १५७ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को जयदेव द्वितीयको अभिलेख (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ५४८) बाट पुष्टि भएको राजा मानदेव लिच्छवि वंशका थिए भन्ने तथ्यका आधारमा मानदेव र उनका उत्तराधिकारीले शासन गरेको अनुमानित चार सय वर्षको इतिहासलाई लिच्छविकाल भनिन्छ। नेपालको प्रामाणिक राजतन्त्रात्मक इतिहास यसै युगदेखि प्रारम्भ भएको ...
२०७३ भदौ १० गते शुक्रबार गणेश राई संविधानले मुलुकलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ भनेर परिभाषित गरेको छ । यद्यपि ‘भन्न नछोड्ने, गरेर नदेखाउने’ सरकारको विशेषता हो । संविधानमा जे लेखिएको छ त्यो व्यवहारमा देखाउने पहल नहुनु भाषा व्यवस्था त्यसको एक उदाहरण हो । नेपालको संविधानको प्राक्कथनमा छ । ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’ एकल संरचना निरन्तरता यी वाक्ले उजागर गरेको छ । मुलुकमा देवनागरी या रोमनबाहेक अरु लिपिको चर्चा गरिन्न । नेपालमा पा“च महापरिवारका १ सय २३ भाषा बोलिन्छन् । भारोपेली, द्रविड, आग्नेय र भोट बर्मेली परिवार छन् भने कुसुन्डा भाषाका परिवार छुट्टिन बा“की छ । मुलुकमा १४ वटा लिपि प्रचलनमा रहेका छन् । रोङ लिपिमा लेप्चा भाषा लेखिन्छ । किरात लिपिमा किराती भाषा...
Comments
Post a Comment