पाठक मञ्च - दैलेखमा रञ्जना लिपि

कान्तिपुर संवाददाता
काठमाडौँ — मंगलबार प्रकाशित ‘ब्युभिँmदै रञ्जना लिपि’ राम्रो लाग्यो । नेपालको गौरव र मौलिक रञ्जना लिपिको उचित प्रचार–प्रसार हुन जरुरी छ । यसरी नै नयाँ पुस्ताले नेपालको सम्पदाबारे थाहा पाइरहनसके राम्रो हुन्छ ।

प्रकाशित : श्रावण ९, २०७५ १०:२६
ऐतिहासिक कालमा अरनिकोको पाइलामा नेपालका कालिगढहरूमध्ये र पूर्व एसिया फैलिएर जहाँ–जहाँ कलाकृति, मन्दिर, चैत्य र गुम्बाहरू स्थापना गरेका छन्, त्यहाँ रञ्जना लिपि लेखिएका छन् । काठमाडौं उपत्यका र हिमाली भेगका बौद्ध गुम्बाहरूमा बाहेक पश्चिम नेपालमा ऐतिहासिक खस साम्राज्यको एक प्रमुख केन्द्र दैलेखमा १३ औं शताब्दीमै रञ्जना लिपिमा लेखेको शिलापत्र छ । रञ्जना लिपि नेपालको गौरव हो र राज्य स्तरबाट यसको सम्बद्र्धन हुनुपर्छ ।
– केआर तुलाधर
काठमाडौं
https://www.kantipurdaily.com/pathakmanch/2018/07/25/153249367936785521.html

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि