समाचार - मुन्धुमविद् भरत दम्पतिको सडक दुर्घट्नामा मृत्यु

प्रदीप मेन्याङ्बो, धरान


मंसिर ११, २०७४-मुन्धुमविद भरत तुङ्घङ् र उनकी श्रीमति टीकादेवी सुहाङ्को सोमबार विहान ११ बजे सडक दुर्घट्नामा परी मृत्यु भएको छ । पारिवारिक कामले धरानबाट इटहरीतर्फ मोटरसाइकलमा गइरहेको बेला पछाडीबाट आएकाको १ ज २७१४ नम्बरको बोलेरोले तीनकुने नजिकैको शनिमन्दिर अगाडि ठक्कर दिएको थियो । 
प्रत्यक्षदर्शीहरुका अनुसार धरानबाट तुङ्घङ दम्पती चढेको को ४ प ६३१६ नम्बरको मोटरसाइकल र बोलेरो पिकअप अघिपछि भएर इटहरीतर्फ गइरहेको बेला विपरित दिशाबाट यात्रुवाहक बस आइरहेको बेला बोलेरोले मोटरसाइकललाई ओभरटेक गरेको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक हवल्दार राजन श्रेष्ठले ओभरटेक गर्ने बोलेरो चालक धनकुटा नगरपालिका– १ बस्ने २७ बर्षीय हीरालाल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । मृतक तुङ्घङ दम्पतीको मोटरसाइकललाई ओभर टेक गरी सवारी दुर्घट्ना गराउने बोलेरो बराह ज्वेलरी इण्डष्ट्रिज प्रा. लि.को रहेको प्रहरीले जनाएको छ । 

धरानस्थित नेपाल खानेपानी संस्थानमा नायव सुब्बाको रुपमा कार्यरत ५५ बर्षीय तुङ्घङ किरात लिम्बुको इतिहास, पुरातत्व र मुन्धुमसम्बन्धी जानकार थिए । उनले कमल तिगेला, भैरव आङ्ला र अर्जुवाबु माबोहाङसंगको सहकार्यमा मुन्धुम र लिम्बु जातिको संस्कृति बारे पुस्तकहरु समेत लेखेका छन् । उनले आफैले पुर्वका किरात लिम्बु समुदायको ऐतिहासिक पुरातात्विक सामाग्रीहरु, इस्तिहार, लालमोहर, हातहतियार, सांस्कृतिक सामाग्रीहरु संकलन गरेर संग्रहालयसमेत बनाएका छन् ।  


प्रकाशित: मंसिर ११, २०७४

http://kantipur.ekantipur.com/news/2017-11-27/20171127133513.html



News Feed

लिम्बू जातिकाे मुन्धुम, संस्कृति, ईतिहासका अन्वेषक र मुन्धुमकाे शास्त्री भाषाकाे जानकार व्यक्तित्व भरत तुङघङजीकाे सपत्नी अाज दुर्घटनामा परी असामयिक निधन भएकाे सुनेर मर्माहत र स्तब्ध भएकाे छु ।
मुन्धुम विश्लेषणमा उहाँकाे साथ अब हामीले नपाउने भयाैँ । गाेरखाली र लिम्बूहरूबीचका अनेक दस्तावेजहरू, जाे उनका सङ्ग्रहमा थिए, ती अब संरक्षकविहिन हुनपुगे । उनका सङ्ग्रहमा रहेका लिम्बूजातिसँग सम्बन्धित भाैतिक सामग्रीहरू( हातहतियार, गरगहना, भाँडाकुँडा, तस्बीरहरू अादि) काे बेलैमा संस्थागत सुरक्षा र संरक्षणमा सबैले ध्यान पुर्याउनु नै दिवंगत भरत तुङघङ दम्पतिप्रति श्रद्धान्जली हुनेछ ।
दिवंगत भरत तुङघङ दम्पतिका दिवंगत अात्माका चिरशान्तिका लागि तागेरा निङ्वाफुमासँग प्रा्थना गर्दछु ।




भरत तुङघङजीले अाज बिहान करिब १० बजे कुदाइरहेकाे बाइक राेकेर मसँग करिब ५/७ मिनट गफिनु भएकाे थियाे । उहाँले भन्नुभएकाे िथयाे लिम्बूले बजाउने च्याब्रुङमा तपाईकाे याेगदान छ । मेराे हाँसाे नै उहाँकाेलागि जवाफ भएकाे थियाे ।
तुङघङजीले मेराे नम्बर मागेर मलाई मिस कल गर्नु भएकाे थियाे । साेहि मिस कलकाे करिब दुई घण्टामा दुर्घटनामा उहाँकाे मृत्यकाे खबर सुनेँ । अघिल्ला भेटहरूमा किरात प्रदेशकाे बारेमा उहाँकाे सकारात्मक विचारकाे श्राेता हुँदै अाएकाे थिएँ ।

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि