तिहार विशेष - जनजातिको तिहार

गणेश राई, काठमाडौं आश्विन ३१, २०७४-बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालको मुख्य चाड पर्वमध्येकै हो तिहार । मुलुकमा १२५ जातजाति छन्, तीमध्ये सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजाति छन् । एउटै नामबाट चिनिने चाडपर्वलाई हरेक जात, जाति र समुदायले आ–आफ्नै मूल्य मान्यता र तरिकाले मनाउने गर्छन् । मगर, गुरुङ, तामाङ, राई र लिम्बू समुदायलगायत जनजातिको तिहार कस्तो हुन्छ त ? चामल र बेसारको टीका गुरुङ (तमु) समुदायका बूढापाकाले ‘देउसी रे’ भन्नासाथ देउसेको हात–हातका लौरो आँगनको ढुंगामा एकैसाथ ‘ड्याङ्ग’ ठटाउँदा गाउँघर संगीतमय सुनिने नै भयो । एउटा घरमा भट्टाइरहेको देउसीको रागरौनक पल्लो गाउँसम्मै गुन्जिने नै भयो । पुरुष बूढापाकाले भट्टाइरहँदा महिला बूढीपाकी आमा टोलीले पछाडिबाट ‘गीत छोप्ने’ नै भए । ठिटाठिटीहरू उसैगरी पछाडि–पछाडि साथ दिने नै भए । घरबेटीले थोरै रकम, काँचो धान, चामलजस्ता अन्नपात, नुन, रक्सी, रोटी इत्यादि दान निकालेपछि देउसेले आशिष दिन्छन् । सबैको शुभ रहोस् भन्छन् । त्यसरी दिइएको दानलाई खान्तेपिन्तेका चीजहरू सबैले बाँडेर ग्रहण गर्छन् । अन्नपातलाई बटुलेर राख्छन् । तिहार...