हाम्रो आन्दोलन देशको स्वाभिमानसँग जोडिएको छ : गेसो कार्यबाहक सभापति

भूपू गाेर्खा सैनिक र तीनका परिवार गैरअावासीय नेपाली हाेइनन्

सार्वजनिक संवाददाता  
अल्डरसट (बेलायत), २३ भदौ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) तथा सत्याग्रहका प्रतिनिधि र हाल बेलायत भ्रमणमा रहेका आदिवासी जनजाति पत्रकारहरुबीच भेटघाट तथा अन्तरक्रिया गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ नेतृत्वको आदिवासी जनजाति पत्रकारहरुको टोली केही दिनयता बेलायत भ्रमणमा रहेको छ ।
अल्डरसटस्थित गेसोको कार्यालयमा विहीबार गेसोका प्रतिनिधि, सत्याग्रहका प्रतिनिधि र नेपालका आदिवासी जनजाति पत्रकारहरुबीच अन्तरक्रिया गरिएको हो ।

सो क्रममा गेसोका केन्द्रीय कार्यबाहक सभापति धर्म तामाङले गेसो तथा सत्याग्रहले गर्दै आएको आन्दोलन गोर्खाहरुको लागि मात्रै नभएर समग्र नेपाल र नेपालको सार्वभौम स्वतन्तत्रा, स्वाभिमान र आत्मसम्मानसँग पनि जोडिएको बताए ।
‘हाम्रो आन्दोलन देशको स्वाभिमान र आत्मसम्मानसँग पनि जोडिएको छ,’ उनले भने, ‘यो केवल गोर्खा सैनिकहरु मात्रैको सरोकारको विषय होइन, यो कुरा नेपालका शासक, वौद्धिक सर्कल र पत्रकारहरुले पनि बुझिदिन अनुरोध गर्न चाहन्छु ।’

उनले बेलायतमा बसोबास गर्दै आएका भूतपूर्व गोर्खा सैनिक र तीनका परिवारहरु गैरआवासीय नेपाली नभएको जिकिर गरे ।  उनले विभिन्न पेसा, व्यवसाय र शिक्षाका लागि बेलायत आएका नेपाली र भूतपूर्व गोर्खा सैनिक र तीनका परिवारलाई एउटै कोणबाट हेर्न नहुने बताए ।

गोर्खा र तीनका परिवार नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धि अनुसार बेलायतमा बसिरहेकाले उनीहरु गैरआवासीय नेपाली नभएको तामाङले प्रष्ट पारे ।
सो क्रममा उनले बेलायतका लागि नेपालको राजदुत डा दुर्गाबहादुर सुवेदी र शरद आरनले जारी वार्तामा निभाइरहेको भूमिकाको प्रशंसा समेत गरे ।



कार्यक्रममा सत्याग्रहका निर्देशक ज्ञानराज राई र वार्ता समिति सदस्य नाराहाङ राईले दुई पक्षबीच जारी वार्ताबारे प्रकाश पारेका थिए ।
सो अवसरमा नेपालबाट बेलायत पुगेका पत्रकार डण्ड गुरुङ, गणेश राई, हुम गुरुङ, देवेन्द्र खापुङ र मनोज घर्ती मगरलाई सम्मान समेत गरिएको छ ।
http://www.sarbajanik.com/8089/2017/09/08/

Comments

Popular posts from this blog

कोसेली - कोरियातिर

फिचर : अतिक्रमणमा परे ओखलढुंगाका गढी

यस्ता छन्– नेपालमा चलनचल्तीका १४ लिपि