समाचार - जनजातिको बजेट अब स्थानीय तहमा
गणेश राई आश्विन १०, २०७४-मुलुक संघीय ढाँचामा गएसँगै आदिवासी जनजातिलाई दिइँदै आएको केन्द्रीकृत बजेट स्थानीय तहमा व्यवस्थापन गरिएको छ । सूचीकृत ५९ आदिवासी जनजातिका निम्ति केन्द्रीय तहमा सञ्चालन गरिँदै आएका राष्ट्रिय कार्यक्रममध्ये ११ वटा स्थानीय तहमा गाभिएका छन् । २०३४ सालयता निरन्तर सञ्चालित ‘चेपाङ विकास कार्यक्रम’ समेत स्थानीय तहमा समायोजन भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमार्फत दिइने उक्त बजेट चालु आर्थिक वर्षदेखि स्थानीय तहका कार्यक्रममै समायोजन भएको छ । यो वर्ष प्रतिष्ठानलाई १३ करोड ४९ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रतिष्ठानलाई छुट्याएको कुल बजेटमध्ये ५ करोड ९१ लाख रुपैयाँ स्थानीय तहमा पठाएको छ । ‘देश संघीयतामा गइसकेको सन्दर्भमा केन्द्रीकृत कार्यक्रम र बजेट यो वर्षबाट स्थानीय तहमार्फत् विनियोजन गर्ने नीति बनेको छ,’ प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले भने, ‘देशभरिका २ सय २८ गाउँपालिका र नगरपालिकामार्फत् आदिवासी जनजाति समुदायमा कार्यक्रम पुर्याइनेछ । त्यस निम्ति प्रतिष्ठानले स्थानीय विकास मन्त्...