भाषाले कानुन पाएको छ, अब न्याय पाउनु छ
सुरेश किरण बुधबार, २ वैशाख २०८२, १० : २१ सुरेश किरण बुधबार, २४ वैशाख २०८२ संग्रह 262 Shares बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता प्रदान गर्न ल्याएको ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ कार्यान्वयनमा आएको आज (वैशाख २४ गते) एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन संघीय राजधानी काठमाडौँमा एक विशिष्ट समारोहका बिच तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषासम्बन्धी यो ऐन कार्यान्वयनमा आएको घोषणा गरेका थिए । सोही घोषणा भएको दिनलाई स्मरण गर्दै बागमती प्रदेश सरकारले आज ‘भाषा दिवस’कै रूपमा अर्को समारोह गर्दै छ । ऐन जारी भएको दिनलाई प्रदेश सरकारले संविधानै जारी भएसरह दिवसका रूपमा कार्यक्रम आयोजना गर्नाले पनि यो ऐनको महत्त्व उजागर भएको छ । संविधान जारी गर्दा त्यसमा बरु केही सभासद्ले विमति प्रकट गरेका थिए, तर यो ऐन जारी गर्दा बागमती प्रदेशसभाका सम्पूर्ण सभासद्ले एकै मतले स्वीकृति जनाएका थिए । त्यसले पनि यो ऐनको गरिमा प्रकट गर्छ । संविधानको धारा ७ (२) मा प्रदेशमा बोलिने भाषाहरूमध्ये बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी भाषा...