को हुन् नाग? : भिक्टर प्रधान
भिक्टर प्रधान सोमबार, २८ कात्तिक, २०७९ को हुन् नाग? नाग जातिलाई हराउन कठिन भएकै कारण आर्यहरूको प्रभावमा नाग शब्द ‘क्रूर व्यक्ति’ को अर्थमा आरोपित गरियो, पुराणहरूले नाग शब्दलाई सरीसृपको अर्थमा रूढ गरेपछि त यससँग जोडिएको मानव जातिको अस्तित्व समेत ओझेल पर्न गयो। भिक्टर प्रधान प्रागैतिहासिक कालमा हिन्द उपमहाद्वीपमा नागहरूको विस्तीर्ण बसोबास थियो। संस्कृत वाङ्मयका वेद-काव्य-पुराण, स्थानीय लोकवार्ता तथा ऐतिहासिक बुद्धकालले यहाँ नाग जाति अनादिकालदेखि फैलिएको सङ्केत दिन्छन्। तर, अहिले नेपालमा आफूलाई नाग दाबी गर्ने जाति असाध्यै थोरै छन्। यद्यपि, त्यसलाई पुष्टि गर्ने ऐतिहासिक आधार उनीहरूसँग छैन। नागको इतिहास मेटिनामा संस्कृत वाङ्मयका प्रतीकात्मक प्रकथन र त्यसैको सादृश्य अनुकरणमा अनुकृत अतिरञ्जनात्मक दन्त्य-लोकवार्ता आदिको भूमिका छ जसमा तिनलाई रूप फेर्न सक्ने मायावी, पाताल वा पानीमुनि बस्ने, ऐश्वर्यवान् फणाधारी सरीसृप जीवका रूपमा चर्चा गरियो। यसले नागको इतिहास दिग्भ्रमित बनायो। मातृकाप्रसाद कोइराला लेख्छन्, ‘नाग मानिस वा सर्प... पछि गएर यस्तो छ्यासमिस भएको छ, कुन चाहिं कुन भनी छुट्याउन गाहार...