इतिहास : सुवांगी अन्तर्गत गोवांगी हक

वसन्त खापुङ सुवांगी अन्तर्गत गोवांगी हक विसं १८९२ मा राजा राजेन्द्रविक्रम शाहले मोराहाङ गाउँका भेगिदार खापुङ दिएको सुुवांगीको लालमोहर देखाउँदै फणीन्द्र खापुुङ। तस्वीरहरूः वसन्त खापुङ तमोर खोलाका जिम्मावाल सुब्बाहरूले तिब्बतसँग सीमा जोडिएको पूर्वी उत्तर क्षेत्रका पाँच गाउँमा त्यहींका स्थानीयलाई आफू अन्तर्गत रहने गरी गोवांगी अधिकार प्रदान गरेका थिए। वसन्त खापुङ लिम्बूहरूले विजयपुर र गोरखालीबाट सुवांगी पाएर स्थानीय स्तरमा शासन सत्ता चलाएका थिए। सुवांगी पाउनेलाई सुब्बा भनी सम्बोधन गरिन्थ्यो।गोरखाली शासकबाट विसं १८३७ मा लिम्बूहरूले पहिलो पटक सुवांगी पाएका थिए। फेदाप थुमका मञ्चित राई (तुम्बाहाम्फे)ले विसं १८३७ मा वार्षिक रु.६० सिर्तोक बुझाउने गरी पहिलो पटक सुवांगी प्राप्त गरेका थिए। (लिलाबहादुर तुम्बाहाम्फे, तुम्बाहाम्फे वंशावली-२०६३)। तर‚ सुवांगीको राजनीतिक संरचनालाई कमजोर बनाउन गोरखालीले थप व्यक्तिलाई सुवांगी अधिकार दिन थाले। विसं १८९२ मा राजा राजेन्द्रविक्रम शाहले मोराहाङ गाउँका खापुङलाई सुवांगीको लालमोहर दिए। त्यही सुवांगीबाट सुब्बा जैमान र पृथमान फुटे। सुब्बाहरू...