प्रथम खम्बू मन्त्री नारदमुनि थुलुङ
मंसिर ३, २०७३ ब्लाष्ट खबर नारदमुनि थुलुङकोे जन्म वि.सं. १९६५ साल चैत २७ गते शनिबार बिहान भोजपुर जिल्ला छिनामखुको नौले गाउँमा भएको थियो । उनी रिगासिंहका पनाति, जीवेश्वरका नाति तथा भीमराज र गौरत्नका ज्येष्ठ सुपुत्र हुन् । उनको न्वारानको नाम तलकराज भए पनि पछि उनका बडाबा र काकाहरुले नारदमुनिको उपनाम दिएका थिए । यही बोलाउने नामबाट नै उनी प्रसिद्ध हुन सफल भए । उनको प्रसिद्धि खम्बूवान प्रदेश र लिम्बूवान प्रदेशका खम्बू र लिम्बूमा मात्र सीमित नरही नेपालभरि नै पैmलिएको छ ।उनी बाल्य अवस्थामा तीक्ष्ण बुद्धिका थिए । उनले सुनेकै भरमा रामायणको श्लोक कण्ठस्थ गरेका थिए । ती श्लोकहरु उनी घरका सदस्यहरुलाई राति सुनाउँथे । उनी घरका सदस्यहरुका हाउभाउको नक्कल र अभिनय गरेर हँसाउने गर्दथे ।१६ वर्षको उमेरमा उनी भारतीय सेनामा भर्ती भए । उनी अन्य साधारण सिपाहीभन्दा फरक प्रकृतिका थिए । हठी र स्वाभिमानी भएकै कारण उनले पल्टनमा निकै सास्ती र सजाय भोग्नु प¥यो । उनले विभिन्न तालिमहरु लिए । लिए जति तालिममा उनी प्रथम भए । तसर्थ, उनला...