विश्व - चीनमा अब ३ सन्तान नीति
जेष्ठ १७, २०७८ कान्तिपुर संवाददाता काठमाडौँ — चीनले दुई सन्तान नीतिलाई खारेज गर्दै तीन सन्तानको नीति अँगाल्ने भएको छ । पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो । चिनियाँ समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले उक्त नीति लागू गर्ने निर्णय गरेको हो । उक्त बैठक राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको थियो । यसै वर्षको सुरुवातमा सार्वजनिक भएको जनगणनाअनुसार चीनमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको थियो । जुन १९६० को दशकयताकै कम भएको बताइएको छ । चीनको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ । यसअघि चीनले सन् २०१६ मा साढे तीन दशक लामो एक सन्तानको नीतिलाई खारेज गर्दै दुई सन्तानको नीति अँगालेको थियो । दोस्रो आर्थिक शक्तिका रूपमा अगाडि आएको चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनले सन् १९८० देखि एक सन्तानको नीति अवलम्बन गरेपछि जनसंख्यालाई कडाइसाथ नियन्त्रण गर्दै आएको थियो । लामो समयसम्म चलेको जापान व...