सिंगो माला उन्नै बाँकी छ
64 Shares Share Tweet Share आभास २०७६ बैशाख ७ शनिबार १२:५४:०० अहिलेको राष्ट्रगान बन्ने बखत केहीलाई त अभियुक्त नै ठान्ने बतास चलेको थियो । त्यो बतासले उडाएको धुलोभित्र म पनि थिएँ । गणतन्त्रमा आफ्नो स्वमूल्यांकन यस कोणबाट पनि गर्ने आँट गर्नुपर्छ झैँ लागेर यसो लेख्दै छु । मैले आफैँलाई किन अभियुक्त भन्नुपर्ने अवस्था आइप-यो ? त्यसभित्र धेरै अन्तरकथा लुकेका छन् । हुन त वर्तमान यथार्थमा अब ती कथाको त्यति ठूलो अर्थ छैन भन्ने लाग्छ । तर, हामीले हाम्रो विगतबारे सबै कुरा लुकाएर राखिराख्नु पनि उचित हुँदैन । लाग्छ, भन्न मिल्नेसम्म भन्नुपर्छ । भन्दै जानुपर्छ । तर, विगतको धुलोलाई उधिनेर फेरि धुलो उडाउने नियतले भने होइन, अनुभवबाट केही सिक्ने अभिप्रायले । त्यसैले सर्वप्रथम म भन्छु– हाम्रो वर्तमान राष्ट्रगानलाई म एक निमेष पनि अपमान गर्दिनँ । त्यसैले सभा समारोहमा राष्ट्रगान बज्दा जुरुक्कै उठेर यसप्रति सम्मान अर्पण गर्छु । तर, यसलाई बुन्ने अथवा चुन्ने वेलाको प्रक्रियासँग भने म शतप्रतिशत असहमत थिएँ । मलाई लागेको थियो– राष्ट्रगान लेख्ने सिर्जनाकर्म प्र...