दाङ — सोजाक (नमस्कार) । नु गिजी नटी (हजुरको नाम के हो) ? बिहीबार लमहीमा बालबालिकादेखि वयस्कसम्म नयाँ शब्द सिक्न उत्सुक थिए ।
कुसुन्डा भाषाको औपचारिक कक्षा देशमै पहिलोपल्ट बिहीबार दाङको लमहीमा सुरु गरिँदै । कुसुन्डा भाषा बोल्न सक्ने ८१ वर्षीया ज्ञानीमैया र ४३ वर्षीया कमला (बायाँतर्फ कुर्सीमा बसेका) को सहयोगमा भाषा आयोगले भाषा जोगाउन कक्षा थालेको हो । तस्बिर : दुर्गालाल/कान्तिपुर
८१ वर्षीया ज्ञानीमैया र ४३ वर्षीया कमला कुसुन्डा कहिले बेस्सरी हाँस्थे त कहिले मुस्कुराउँथे । केही अप्ठ्यारा शब्द आइपरे शिक्षकले उनीहरूसँग सोध्थे र विद्यार्थीलाई भन्दिन्थे ।
लोपोन्मुख कुसुन्डा भाषा बचाउन देशमै पहिलोपटक देउखुरीमा औपचारिक कक्षा सुरु हुँदै थियो । ज्ञानीमैया भन्दै थिइन्, ‘हामी दुईले मात्रै बोल्दै आएका शब्द स्कुलसम्म आइपुग्यो ।’ज्ञानीमैया र कमला नातालेदिदीबहिनी हुन् । उनीहरूले फिरन्ते जीवन भोगेका छन् । जंगलमै बाआमाबाट सिकेको भाषा अहिलेसम्म याद छ । कुसुन्डा विकास समाजका अनुसारदाङमा ९८ र देशभर २ सय ७३ जना कुसुन्डा छन् । कुसुन्डा भाषा जान्ने भने यी दुई मात्रै हुन् ।
यी दिदीबहिनी लमहीमै भएकाले नजिकैको आदर्श मावि देउपुरमा भाषा आयोगको पहलमा पढाइ थालिएको हो । आयोगका अध्यक्ष लवदेव अवस्थीका अनुसार लमही नगरपालिका ६ कुलमोडमा बस्ने ज्ञानीमैया र कमलालाई भाषाका स्रोत व्यक्तिका रूपमा मासिक ३ हजार रुपैयाँका दरले भाषिक वृत्ति व्यवस्था गरिएको छ ।
कुसुन्डा भाषाका जानकार दाङका ज्ञानीमैया र कमला कुसुन्डा ।
अवस्थीका अनुसार चार चरणमा गरी ३ सय ६० घण्टा पढाइ हुनेछ । पहिलो चरणमा खानपान, सरसफाइ, नातागोता, घरायसी व्यवहारका भाषा सिकाइनेछ । दोस्रो चरणमा सामाजिक सम्बन्धसम्बन्धी, तेस्रोमा पाठ्यक्रममा आधारित र चौथोमा शब्दावली, व्याकरणसहितको शिक्षा दिइनेछ । अहिले भाषा सिक्न दाङ र प्यूठानका २० जना कुसुन्डा जातिकै मानिस सहभागी छन् ।
उनीहरूलाई कुसुन्डा भाषाका अध्येता उदय आलेले सहजकर्ता बनेर पढाउन थालेका हुन् ।‘हामी मरेपछि कसले भाषा बचाइदेला भन्ने लागेको थियो,’ ज्ञानीमैयाले भनिन् । त्यसैगरी कमलाले ‘हामी हुँदै नयाँले सिकेनन् भनेभाषा पनि मरेर जान्छ’ भनिन् । जातिको चिनारी नहराओस् भन्दै उनले थपिन्, ‘भाषा बाँचे संस्कृति पनि बाँच्छ ।’
भाषा हराउँदै जानुको एउटा कारण एकीकृत बस्ती नहुनु हो । ‘देशभरमा कुनै पनि कुसुन्डाको आफ्नो जग्गा छैन,’ कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुरले भने । उनका अनुसार जंगलमा रमाएको जाति गाउँ पस्दा जीवन निर्वाह गर्न गाह्रो भयो । विभिन्न ठाउँमा छरिएर बसेकाले कुराकानी गर्ने कोही भएन । बोल्ने कोही नभएपछि भाषा हराउँदै गयो ।
भाषाबिना संस्कृति बचाउन कठिन भएकाले सिक्न आएको राजपुर गाउँपालिका ७, डगमारा नाकाकी २६ वर्षीया देवकला कुसुन्डाले बताइन् । घोराहीका ११ वर्षीय रमेश कुसुन्डा पनि भाषा सिक्न उत्साहित छन् । आफ्नो भाषा सिक्ने रहर भए पनि यसअघि अवसर नपाएको उनले बताए ।
दाङको लमहीमा कुसुन्डा भाषाको कक्षा लिँदै बालबालिका ।
अध्यक्ष धनबहादुरका अनुसार कुसुन्डा विगतमा समूह बनाएर वनमा तरुल खन्ने, धनुकाँड बोकेर सिकार खेल्ने र गाउँबाट भिक्षा संकलन गरेर खाने गर्थे । उनीहरू ‘वनराजा’, ‘कुसुन्डा’, ‘वनकरिया’ जस्ता नामले चिनिन्छन् । जंगलमा घुम्ने, बस्ने वातावरण नभएपछि र अग्रजको मृत्यु भएपछि पछिल्लो पुस्ता गाउँ पसेर तितरबितर छन् ।
लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले भाषा बचाउन सक्दो सहयोग गर्ने वचन दिए ।
‘जति धेरैले बोले, उति धेरै भाषा बाँच्छ । नियमित पठनपाठन हुनसके कुसुन्डाभाषी बढ्छन्,’ जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख सूर्यराज घिमिरेले भने । उनका अनुसार पठनपाठन नियमित र प्रभावकारी बनाउन ‘आवासीय कक्षाको व्यवस्था’ मिलाउन सकिन्छ ।प्रकाशित : पुस २०, २०७५ ०७:२७https://www.kantipurdaily.com/news/2019/01/04/154656612874031346.html
ऐतिहासिक गढीहरु अतिक्रमण तत्काल हटाउँछौं : पुरातत्व विभाग् - गणेश राई , अाेखलढुंगा असार ११, २०७३- हाल संघीय प्रदेश–१ मा परेको ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरुमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरु बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । गोरखाली फौजको आक्रमण र पराजयपछि छाडिएका ती थुम, गढी, दुर्गहरुमा देवीस्थापना गरी सामूहिक पूजास्थलका रुपमा विकास गरिएका पाइएका छन् । ०७ सालअघिसम्म यी कोटघरहरुमा दशैको बेला मौलो लगाउने चलन थियो । अहिले पनि स्थानीयले दशैको बेला पूजा गर्ने गरेका छन् । इतिहासविद् ज्ञानमणि नेपालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि काठमाडौं उपत्यकापूर्वतर्फ किराती शासकहरुको ससाना राज्यहरु थिए । ऐकीकरणपछि प्रमुख ऐतिहासिक गढीहरुमध्ये केहीको अध्ययन, अनुसन्धान भएको तर सबैको हुन नसकेको बताए । ‘त्यस बेलाका राजाले सैनिक पाल्दैनथे,’ इतिहासविद् नेपालले भने, ‘लडाइँका न...
गोविन्द न्यौपाने मंगलबार, ५ साउन, २०७८ के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छवि राजा अंशुवर्मा । तस्वीर स्रोत: 'नेपालका राष्ट्रिय विभूतिहरू' पुस्तकबाट । लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। गोविन्द न्यौपाने नेपालको इतिहासमा लिच्छविकाललाई प्रथम प्रामाणिक इतिहास र त्यसअघिका गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक, मिथकीय वा आद्यइतिहास भनिन्छ। राजा मानदेवद्वारा जारी शक सम्वत् ३८६ (इ.सं. ४६४)को चाँगुनारायणस्थित अभिलेख नेपालको पौराणिक इतिहास र प्रामाणिक इतिहासबीचको सीमारेखा हो। पशुपतिस्थित सम्वत् १५७ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को जयदेव द्वितीयको अभिलेख (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ५४८) बाट पुष्टि भएको राजा मानदेव लिच्छवि वंशका थिए भन्ने तथ्यका आधारमा मानदेव र उनका उत्तराधिकारीले शासन गरेको अनुमानित चार सय वर्षको इतिहासलाई लिच्छविकाल भनिन्छ। नेपालको प्रामाणिक राजतन्त्रात्मक इतिहास यसै युगदेखि प्रारम्भ भएको ...
२०७३ भदौ १० गते शुक्रबार गणेश राई संविधानले मुलुकलाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ भनेर परिभाषित गरेको छ । यद्यपि ‘भन्न नछोड्ने, गरेर नदेखाउने’ सरकारको विशेषता हो । संविधानमा जे लेखिएको छ त्यो व्यवहारमा देखाउने पहल नहुनु भाषा व्यवस्था त्यसको एक उदाहरण हो । नेपालको संविधानको प्राक्कथनमा छ । ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।’ एकल संरचना निरन्तरता यी वाक्ले उजागर गरेको छ । मुलुकमा देवनागरी या रोमनबाहेक अरु लिपिको चर्चा गरिन्न । नेपालमा पा“च महापरिवारका १ सय २३ भाषा बोलिन्छन् । भारोपेली, द्रविड, आग्नेय र भोट बर्मेली परिवार छन् भने कुसुन्डा भाषाका परिवार छुट्टिन बा“की छ । मुलुकमा १४ वटा लिपि प्रचलनमा रहेका छन् । रोङ लिपिमा लेप्चा भाषा लेखिन्छ । किरात लिपिमा किराती भाषा...
Comments
Post a Comment