शिक्षाशास्त्रप्रति कुदृष्टि
महानन्द तिमिल्सिना काठमाडौँ — शिक्षा क्षेत्रमा सुधार गर्न शिक्षाशास्त्र सङ्काय हटाउनुपर्ने शिक्षामन्त्रीको विचार सुन्दा आश्चर्य लाग्यो । शिक्षाशास्त्र सङ्काय अध्ययन गरेर अध्यापन अनुमतिपत्र लिई रोजगारको प्रतीक्षामा सात लाखभन्दा बढी युवा बसेका छन् । उनीहरूलाई राज्यले रोजगारको अवसर प्रदान गर्नुपर्छ । तर शिक्षाशास्त्र अध्ययन गर्न इच्छुक विद्यार्थीलाई निरुत्साहित पार्ने र अवरोध सिर्जना गर्ने ढङ्गले सरकारी पक्षबाट शिक्षाशास्त्र सङ्काय बन्द गर्ने सार्वजनिक विचार आउनु राम्रो होइन । त्रिविले एकवर्षे, तीनवर्षे र पछिल्लो समय चारवर्षे बीएड कार्यक्रम र दुईवर्षे एमएड कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल संस्कृत विश्वविद्यालयले एकवर्षे बीएडमात्र सञ्चालन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले बीएड र एमएडका कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षाशास्त्र सङ्कायका अत्यधिक विद्यार्थी बेरोजगार हुनुको कारण सरकार हो । एसईई परीक्षामा कम ग्रेड आएका विद्यार्थीलाई शिक्षा विषय अध्ययनको अनुमति सरकारले दिएको हो । न्यूनतम १ दसमलव ६ जीपीए ल्याउने विद्यार्थीले शिक्षाशास्त्र सङ्कायमा अध्यय...