भानुभक्त आचार्य, भानुभक्तको रामायण र भानुभक्तका सालिक

भानुभक्त आचार्य, भानुभक्तको रामायण र भानुभक्तका सालिक सुनिल उलक भानुले रामायण नेपाली भाषामा लेखेको चर्चा निकै भेटिन्छ । तर भानु जन्मनु भन्दा १०० वर्ष भन्दा अगाडि नै दुखी भारोले रामायण नेवारी भाषामा लेखेका थिए । त्यसबेला उपत्यका पुरै नेवारीमय थियो र पनि दुखी भारोको रामायणको चर्चा खासै चलेन । उनको रामायण समाजको अगाडि ल्याउने कुनै मोतिराम जन्मि दिएनन् भन्नु पर्ला । किन भने भानुमक्त पनि जीवनकालमा त्यसै हराएका थिए । मोतिरामले टपक्क टिपेर बाहिर ल्याएका थिए । अन्यथा भानुभक्तको विषयमा उल्लेख नै हुन नै पाउँदैनथ्यो कि !! तर दुखको कुरा भानुलाई सम्पूर्ण नेपाली सामु उभ्याउने मोति आफै यो संसारमा धेरै लामो समय रहेनन् । केवल ३० वर्षकै उमेरमा मोतिले यो संसारबाट बिदा लिए । बि.सं. १८७१ असार २९ गते भानु चुँदी रम्घामा जन्मेका थिए । चुँदीकै सम्वन्धमा यो कविता भानुले कोरेको भनिन्छ । भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी भैकन किन यस्तो । मेरा ईनार न त सत्तल पाटि क्यै छन् जे धन चीजहरु छन् घर भित्रनै छन् । त्यस घाँसी...