कोसेली : पल्लो किरातको व्यापार
मंसिर ८, २०८१ लक्ष्मण लावती Read in English 439 shares Highlights पल्लो किरातमा नुनको जति ठूलो आवश्यकता थियो, तिब्बतको हिमाली भेगमा अन्नको उति नै जरुरत थियो । तिब्बत र नेपालबीच नुन–अन्नको सट्टापट्टा अर्थोपार्जनका निम्ति नभई बाध्यताले निम्त्याएको व्यापार थियो । पृथ्वीनारायण शाहले वि.सं. १८३१ मा नेपालमा गाभ्नुअघिसम्म अस्तित्वमा रहेको राज्य हो पल्लो किरात । पल्लो किरातको व्यापार तिब्बत (हाल चीन) र पूर्णिया (हाल भारत) सँगसमेत हुने गरेको तर पछि खस्किँदै गएको विभिन्न दस्तावेजमा उल्लेख गरिएको पाइन्छ । विजयपुरका मन्त्री पसेनामा राय र पूर्णियाका नबाब सौलत अहमद खासँग पूर्णियाको मालसामान मोरङ पहाडी प्रदेशमा कुनै पनि ठाउँमा बिक्री गर्न पाउने व्यापारिक सम्झौता पत्र वि.सं. १७७८ मा भएको थियो । यसबारे ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (चेम्जोङ, इमानसिं २०३१) पुस्तकमा उल्लेख छ । मैथिली भाषामा लेखिएको उक्त पत्रको सक्कल भने देखिँदैन । पत्रमा मोरङको पहाडी प्रदेश मात्र भनिएको छ, भूगोलको नाम उल्लेख छैन । यसै पत्रलाई आधार मान्दा त्यस बेलाको विजयपुर अधीनस्थ पल्लो किरातको व्यापार भारतको पूर्ण...