टीका लगाउने संस्कार जनजातिको हो : भगिराज इङ्नाम
भगिराज इङ्नाम २५ आश्विन २०८१, शुक्रबार लामो समय, इतिहास र सभ्यतासँग दशैँ जोडिएको छ। दशैँलाई हिन्दुहरुले महान चाड भन्छन्। तर यो पर्व नेपालीहरुको मौलिक पर्व होइन। झन् दशैँ नेपाली आदिवासीमा छँदै थिएन। मध्यपूर्व एसिया हुँदै नेपालमा पछि प्रवेश गरेको हो। अब आर्यगणहरु भारतमा आए। अफ्रिका हुँदै ल्हासा वर्ष पस्ने जनजाति भए। जब मंगोल र अहिले भनिने आर्य समूह आए अनि आउँदा आफ्नो संस्कार संस्कृति रहन सहन विकास गरेर भारतीय उत्तरबादी पछि आए। जब भारतीय उपमहादेशमा बस्ने आर्य आए। वेद लेखे। दशैँ खास गरेर भारतबाट आएको हो। पहिलो आर्यहरूको मोठ, मन्दिर, गुम्बा थिएनन्। आर्यहरूले बनाए। हामी लिम्बू हौँ। आर्य पनि प्रकृति पूजक नै हो। चरु पोल्ने, नरबली, पशुबली दिने आर्य संस्कृति हो। त्यसपछि बली दिने चलन आएपछि बुद्ध धर्म आयो। त्यसपछि हिन्दु धर्महरू लिएकाहरु पनि वौद्ध धर्ममा लागे। विदेशी इतिहासकारले यसरी लेखेका छन्। त्यसपछि हिन्दु धर्मको विरोध भयो। जम्मैतिरका हिन्दुहरु बुद्ध धर्ममा आकर्षित हुन थालेपछि बुद्धका चेलाहरुले बुद्धको मूर्ति बनाउन थाले। हिन्दुका वेद लेख्ने गुरुहरूले भगवानको कल्पना गरेर मूर्ति बनाए। वुद्...