नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा
नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा ४ असार, १२:०१ काठमाडौँ- ‘भाषा म्वासा जाति म्वाइ’ (भाषा रहे जाति रहन्छ) भन्ने नेपाल भाषाका महाकवि सिद्धिदास अमात्यको आदर्श वचन छ । यही आदर्श वचनलाई नेवार समुदायले पालना गर्दै आएको पाइन्छ । नेवारी भाषा १४औँ शताब्दीदेखि १८औँ शताब्दीसम्म नेपालको राज्य भाषा र अदालतम समेत प्रयोग हुन्थ्यो भन्ने इतिहासमा उल्लेख पाइन्छ । राज्य व्यवस्था फेरिएसँगै खस÷पर्वते भाषा अस्तित्वमा आयो र अन्तमा नेपाली भाषा बनेपछि मुलुकमा अरू भाषाहरू राज्य सूत्रमा उनिन छोड्यो । नेपाल एकीकरण र शाह वंशको शासन सुरुआत भएसँगै भाषा दमनविरुद्ध आन्दोलन आरम्भ भएर वर्तमानसम्म तन्किदै आएको पाइन्छ । विसं १९६६ देखि १९९८ सम्मको अवधिलाई नेपाल भाषाको पुनर्जागरण युगका रूपमा उल्लेख गर्ने गरिएको छ । पत्रकारिताका हिसाबले धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले १९८१ सालमा कोलकाताबाट ‘बुद्ध धर्म व नेपालभाषा’ मासिक पत्रिका सम्पादन तथा प्रकाशन आरम्भ गरेका थिए । नेपाल भाषाको सो पहिलो साहित्यिक पत्रिकाले साहित्य लेखनको लहर उत्पन्न गरेको थियो । सोही पत्रिकामार्फत साहित्य सृजनामा नयाँ स्...