प्रिमियम स्टोरी १९२३ को सन्धि: गोर्खाली र ब्रिटिसबीच भएको पहिलो युद्ध
सुदीप श्रेष्ठ काठमाडौं, पुस १३ 151 Shares गोर्खाली र ब्रिटिसबीच सन् १७६७ मा पहिलो लडाइँ भएको सिन्धुली। तस्बिर स्रोत: स्टोरी साइकल कीर्तिपुर लडाइँमा ज्यान जोगाएर आधी रात हाँपदाँप गर्दै हनुमानढोका दरबार आइपुगेका सुबेदारले कान्तिपुरका राजा जयप्रकाश मल्लसमक्ष जाहेर गरे — ‘गोर्खाय् च्वंपिन्सं किपू त्याकल जुजु!’ (गोर्खालीहरूले कीर्तिपुर जिते महाराज!) पराजयको खबरले जयप्रकाशका नौनाडी गले। आक्रोश र अनिश्चयले थरथरी कामेका दुवै हात शिरतिर लगे। जयप्रकाशको शिरमा मल्लवंशको राजमुकुट धरोहरका रूपमा धपक्क बलेको थियो। उनले त्यो मुकुट सपक्क मिलाए। मल्लवंशको अर्को धरोहर मणिमाणिक्य जडित राजगद्दीलाई पनि आफ्ना दुवै हातले मायाले मुसारे। लगभग छ सय वर्षदेखि नेपाल मण्डलमा अकन्टक शासन गर्दै आएको मल्लवंशको विरासतमा मडारिएको विघ्नबाट अत्तालिएर जयप्रकाश मल्लले गोर्खालीसँग भिड्न ब्रिटिस सहायता लिने निधो गरे। जयप्रकाशको यही निष्कर्षले हिमाली तथा पहाडी क्षेत्रमा राज्य विस्तार गरिरहेको गोर्खाली सेना र दक्षिणमा आफ्नो अधिनायकत्व स्थापना गरिरहेको ब्रिटिस सेनालाई पहिलोपटक सिन्धुलीमा जम्काभेट गराउन मार्गप्रशस्त ग...