ब्रिटिस गोर्खा इतिहासबारे नयाँ कृति ‘गोर्खाली वीरता र शासकीय चाकरी’
आश्विन ६, २०८० गणेश राई काठमाडौँ — अनुसन्धाता डा. प्रेम आलेले ‘गोर्खाली वीरता र शासकीय चाकरी’ पुस्तक ल्याएका छन् । सन् १८१६ मा ब्रिटिस गोर्खा भर्ती सुरु भएदेखि सन् २०२३ मे १९ अर्थात् दुवै खुट्टा गुमाएका पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको क्षणसम्मको इतिवृत्ति यसमा समेटिएको छ । सन् १९८६ मा सेनामा भर्ती भएर २०१६ मा मेजर दर्जामा अवकाश लिएका बेलायतका आले अन्तर्राष्ट्रिय सम्बन्धविज्ञका रूपमा चिनिन्छन् । सन् २०१७ मा युनिभर्सिटी अक्सफोर्ड ब्रुक्सबाट विद्यावारिधि गरेपछि उनको परिचयको दायरा फराकिलो बनेको हो । उनले ‘नेपालको सार्वभौमसत्तालाई ठूला मुलुकले पारेको असर’ शीर्षकमा शोध गरेका थिए । हाल ब्रिस्टोल युनिभर्सिटीको अफिसर्स ट्रेनिङ कोरमा प्रमुख प्रबन्धकका रूपमा कार्यरत उनको परिचय आज ब्रिटिस गोर्खा लाहुरेमात्र सीमित छैन । उनै आलेले आफ्नो लेखकीयमा भनेका छन्-‘केही वर्षअघि अक्सफोर्ड युनिभर्सिटीमा शोधपत्र तयार गर्ने क्रममा गोर्खाली भर्ती प्रथालाई मैले गहिरिएर हेर्ने मौका पाएँ । यद्यपि मे...