खसआर्यको गोत्रसहित थर सूचीकरण
ब्राह्मणको ४५६, क्षत्रीको ६२०, ठकुरी ७३, दशनामी १०, बाह्रपन्थी २०, रानाभाट ५५ श्रावण ९, २०७९ गणेश राई काठमाडौँ — राष्ट्रिय समावेशी आयोगले खसआर्य समूहका ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी, बाह्रपन्थी र रानाभाट/भाटको गोत्रसहित थर सूचीकरण गरेको छ । सूचीकृतमध्ये ब्राह्मणको ४ सय ५६, क्षत्रीको ६ सय २०, ठकुरीको ७३, दशनामीको १०, बाह्रपन्थीको २०, रानाभाटको ५५ थरी छन् । आयोगले खसआर्यभित्र रहेका र मधेसी आयोगले मधेसी जातिमा दाबी गरेको ९४ थरलाई समेत प्रतिवेदनमा समावेश गरेको छ । आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेनाका अनुसार स्थलगत अध्ययन, स्थानीय तहले गरेका सिफारिस र जातीय समाज/संगठनले उपलब्ध गराएको थर सूचीकृत गरिएका हुन् । ‘एउटा समूहभित्रको विविधतालाई केलाएर सांस्कृतिक नक्सांकन भएको छ,’ खसआर्य थर प्रतिवेदनबारे उनले भने, ‘पहिलो पटक भएको यो थर सूचीकरण कार्यले सामाजिक विशेषतालाई केलाउन मार्गचित्रको काम गर्ने ठानेका छौं ।’ जनगणना–२०६८ को तथ्यांकअनुसार क्षत्री जातिको जनसंख्या सबैभन्दा बढी ४३ लाख ९८ हजार छ । दोस्रोमा पहाडे ब्राह्मणको जनसंख्या ३२ लाख २६ हजार छ । यसैगरी ...