किरात सिरिजङ्गा लिपिमा लिम्बुहरुले कपीराइट दाबी गर्न मिल्दैनः अमर तुम्याहाङ
विजय चाम्लिङ - September 11, 2021 0 362 Shares Share Tweet Share भाषा तथा संस्कृतिविद् अमर तुम्याहाङले कुनै पनि लिपि परिवर्तनको सिद्धान्त तथा मानव सभ्यताको विकासक्रमसँगै विकास हुँदै आउने भएकोले त्यसमा कसैको कपीराइट वा सर्वाधिकार नहुने बताएका छन् । ‘किरात सिरिजङ्गा लिपि’मा लिम्बुहरुको कपीराइट रहेकोले गैरलिम्बुहरुले प्रयोग गर्न पाउँदैनन् भन्ने कुरा सामाजिक कुरा नभएको उनले बताए । किरात राई चाम्लिङ खाम्बातिमले शनिबार काठमाडौँको कोटेश्वरस्थित ग्रामर कलेजमा आयोजना गरेको किराती भाषाहरुको साझा लिपि निर्माण विषयक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापकसमेत रहेका तुम्याहाङले सो कुरा बताएका हुन् । ‘लिपि भनेको रिभोल्युसनरी (क्रान्तिकारी वा हठात परिवर्तन) होइन, इभोल्युसनरी (विकासात्मक वा क्रमशः परिवर्तन हुने) हो । यो हाम्रो मानव सभ्यतासँगै क्रमशः विकास हुँदै आउने कुरा हो,’ उनले भने, ‘एउटा पुस्ताको एउटा मान्छेले दाबी गरेर हुनेवाला हैन यो, ऊ पनि त सदाबहार छैन, भोलि त ऊ पनि मर्छ । त्योभन्दा पछि कसले दाबी गर्ने ? सकियो त त्यसो भए ? त्यस्तो त होइन, त्यसकारण...