परिवर्तित नेपालको जनसङ्ख्या नीति
विचार/दृष्टिकोण | गोरखापत्र अनलाइन पुष २, २०७७ बिहीबार 11 घण्टा अगाडि भगवती सेढाई नेपालमा जनसङ्ख्या व्यवस्थापनलाई राष्ट्रिय विकास नीतिको अभिन्न अङ्गका रूपमा लामो समयदेखि व्यवहारमा प्रयोग गरिँदै आएको भए पनि राष्ट्रिय जनसङ्ख्या नीतिकै रूपमा निर्माण र अभ्यास गर्न लागेको पाँच वर्षजति मात्र भएको छ । कायरो सम्मेलन भनेर चिनिएको, विश्वस्तरमा जनसङ्ख्या र विकासका लागि मार्गदर्शक कार्ययोजना सम्पन्न भएको २६ वर्ष पूरा भइसकेको छ । आईसीपीडी ९४ पनि भनिने उक्त विशाल विश्व सम्मेलनले त्यसताकाको विश्व परिदृश्यमा परिवारनियोजन सेवाका अतिरिक्त गुणस्तरीय यौन र प्रजनन स्वास्थ्य सेवामा पहुँचको सन्दर्भमा दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा अगाडि सारेर यौन र प्रजननसम्बन्धी परम्परागत र प्रगतिशील धारणा राख्ने सबैखालका समूह र संस्थाहरूमा तरङ्ग ल्याएको थियो । यसका अतिरिक्त शिशु एवम् बाल मृत्युदर न्यूनीकरण, मातृ मृत्युदर न्यूनीकरणका लागि २० वर्षे लक्ष्यहरू पनि निर्धारण गरेर संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई ती लक्ष्य प्राप्तिका लागि राष्ट्रिय नीति र रणनी...