राईको चिन्डो - चन्द्रकुमार राई हतुवाली
शनिवार | गोरखापत्र अनलाइन कार्तिक २२, २०७७ शनिबार 2 दिन अगाडि शेयर गर्नुहोस: 59 Shares चन्द्रकुमार राई हतुवाली संस्कृतिका विविध रूप हुन्छन् । यी कुनै मानिसका क्रियाकलापका रूपमा देखा पर्दछन् त कुनै विषयवस्तुका रूपमा । त्यसैले त संस्कृतिको परिभाषा दिँदै मानवशास्त्री ई.बी.टेलरले आफ्नो चर्चित पुस्तक ‘प्रिमिटिभ कल्चर’ नामक पुस्तकमा, ‘संस्कृति एक जटिल समग्रता हो, जहाँ ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, परम्परा र बानी जुन मानवले समाजको सदस्यताका कारण प्राप्त गर्दछ’ भनेर उल्लेख गरेको पाइन्छ । यस परिभाषाले संस्कृतिलाई एक बृहत् स्वरूप र क्षेत्र भएको विषयका रूपमा प्रस्ट पारेको छ । यस्तै सांस्कृतिक वस्तुमा चिन्डो पनि पर्छ । चिन्डो, किराँत राई जातिको सांस्कृतिक चिनारी दिने एक महìवपूर्ण पवित्र वस्तु हो । यो बिना किराँत राई जातिको संस्कार र संस्कृति विरलै मात्र सम्पन्न हुन्छन् तर सांस्कृतिक रूपमा पवित्र रहेको चिन्डो रोपेर फलाउन हुँदैन भन्ने मान्यता रहिआएको छ । रोपेर फलाए फाप्दैन भन्ने विश्वास रहेको छ । त्यसैले चिन्डो पा...