लोक संस्कृतिको संरक्षण तथा प्रवद्धन गरिने -महाप्रवन्धक अशोक प्यासी राई
लोक संस्कृतिको संरक्षण तथा प्रवद्धन गरिने कला | गोरखापत्र अनलाइन माघ २२, २०७६ बुधबार गोरखापत्र समाचारदाता काठमाडौँ, माघ २२ गते । सांस्कृतिक संस्थानले वार्षिक कार्ययोजना र रणनीति सार्वजनिक गरेको छ । संस्थानले बुधबार पत्रकार सम्मेलन गरी आगामी दिनमा गरिने कार्यक्रम सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, संस्थानले आयोजना गर्दै आएका नियमित कार्यक्रमहरु ‘राष्ट्रिय लोक नाटक महोत्सव’, ‘शास्त्रीय संगीत उत्सव तथा स्रष्टा सम्मान’, ‘अन्तरमावि नाटक प्रतियोगिता’, ‘अन्तरमावि नृत्य प्रतियोगिता’ लगायत कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । संस्थानका नवनियुक्त महाप्रवन्धक अशोक प्यासी राईले भावी कार्यक्रमबारे जानकारी दिदै भन्नुभयो, “सार्कस्तरीय सांस्कृतिक महोत्सव, लोपोन्मुख लोक संस्कृतीको खोज अनुसन्धान तथा प्रशिक्षण, नयाँ तथा पुराना नाटक नियमित मञ्चन गरिने छ ।” उहाँका अनुसार, प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सव आयोजना गरिने, सांस्कृतिक संस्थानले दिदै आएको नृत्य, अभिनय, गायन तथा वादन विधाका प्रशिक्षणल...