सामुदायिक विद्यालय : अर्बौं सम्पत्ति, छैन सदुपयोग
सूर्यप्रसाद पाण्डे विचार १२ पुष २०७६ ०८:१६:०० सामुदायिक विद्यालयका संरचनाहरूको उपयुक्त सदुपयोग गरेर आम्दानी बढाउन सक्ने हो भने शिक्षामा केन्द्रीय सरकारले गरिरहेको लगानीसमेत घटाउन सकिन्छ राजधानीको नरदेवीनजिकै रहेको न्होखास्थित कन्या मन्दिर माध्यमिक विद्यालय २८ रोपनी क्षेत्रफलमा फैलिएको छ। राजधानीम महँगो जग्गा भएको ठाउँमध्येमा नरदेवी पनि पर्छ। कुल जग्गामध्ये १६ रोपनीमा विद्यालय सञ्चालन भइरहेको छ। ११ रोपनी क्षेत्रफल स्कुलपरिसरमै रहेको पोखरीले ओगटेको छ। पाँच सय विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले दाबी गरे पनि काठमाडौं महानगरपालिका शिक्षा शाखाको तथ्यांकअनुसार यहाँ तीन सयजति मात्रै विद्यार्थी पढ्छन्। सुविधासम्पन्न नयाँ भवन बन्ने क्रममा छ। २०७२ सालको भूकम्पले भत्काएपछि बनेका पुराना संरचना पनि प्रशस्तै छन्। तर, प्रशासनले क्षमताअनुसार विद्यार्थी आकर्षण गराउन मात्र होइन, संरचना जगेर्ना गर्नसमेत सकेको छैन। विद्यार्थी आकर्षण कसरी बढाउने र विद्यालयको सम्पत्ति कसरी सदुपयोग गर्ने भन्ने विषयमा कुनै निकायसँग स...