विचार - भोलिको उच्च शिक्षा
सुरेशराज शर्मा काठमाडौँ — राणाकालपछि पञ्चायतकाल रहुन्जेलको उच्च शिक्षालाई हिजोको भनौँ । पञ्चायतकालपछिको शिक्षालाई आजको भनौँ । अब हुनुपर्नेलाई भोलिको शिक्षा भनौँ । हिजोको उच्च शिक्षा करिब २० वर्ष भारतकै शिक्षाको निरन्तरता थियो भने हुन्छ । त्यसो हुनुमा बाध्यता थियो । हाम्रा कलेजबाट निस्केका छात्रछात्राले भारत वा दक्षिण एसियामा पढ्न त्यहाँबाट स्वीकृति प्राप्त भएको हुनुपथ्र्यो । ढाँचा अर्थात् पाठ्यक्रम, पठन–पाठन र परीक्षा त्यहाँको जस्तै गरेमात्र सम्भव थियो । २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भए पनि हाम्रो स्नातकोत्तर तहको पढाइलाई झन्डै–झन्डै भारतले डोर्याएको थियो । प्राविधिक विषयका भनौं वा विज्ञान, वाणिज्य, कानुनजस्ता व्यवस्थापकीय शिक्षा भनौँ या साधारण शिक्षा (जस्तै समाजशास्त्र र संस्कृत), सबै विषयका विज्ञ भारतले नै तयार गर्थ्याे । पछि नेपालको अरू मुलुकसित सम्बन्ध स्थापित हुनथाल्यो । त्यसपछि अमेरिका, बेलायत, जर्मनी, रूस, चीन, जापानले नेपालका विज्ञ र प्राविधिज्ञ तयार गर्न त्यहाँ पनि मिल्ने ढाँचा खोज्न थाले । प्राविधिक विषयमा मध्यम र निम्न तहमा चाहिने केह...