Posts

Showing posts from June, 2025

ख्यालःदेलमा ख्यालठट्टा

Image
  गोरखापत्र अनलाइन  १४ असार २०८२, शनिबार कहाँ हुन्छ जन्मघर परदेशको ठाउँ  रमाइलो छ वारिपारि आफ्नै घर गाउँ  जोर मादल कहाँ बज्यो घन्केर  रुन्छ मन गाउँघर सम्झेर  शिरमा रिबन... गायक तथा सङ्गीतकार शम्भु राईले दशकौँअघि सिर्जना गर्नुभएको यो गीत आमनेपालीको दैनिकीमा अझै पनि उत्तिकै सान्दर्भिक छ । अझ भनौँ, झन् झन् यो गीतको सान्दर्भिकता उज्यालिँदै छ । किनकि प्रत्येक साल, प्रत्येक महिना अझ प्रत्येक दिन कोही न कोही गाउँ छाडेर बसाइँ सरिरहेका छन् । विभिन्न अवसर र सुविधाको खोजीमा गाउँदेखि सहर, सहरदेखि विदेश पलायन भइरहेका लामबद्ध नेपाली जब परदेशमा सोचे जस्तो अवस्था भेट्दैनन्, दुःखका बग्रेल्ती अड्चनसँग जुध्छन् अनि पोख्छन् एक फ्वाँक गुनासो, ‘कहाँ हुन्छ जन्मघर परदेशको ठाउँमा’ ।  हो, हरेका मानिसका लागि आफ्नो जन्मथलो र जन्म दिने आमा सायद सबैभन्दा प्रिय शब्द हो । जन्मथलोबाहिर जति नै प्रगति गरे पनि, जति नै आधुनिकतामा रुमल्लिए पनि जोकोहीलाई आफ्नो थातथलो अर्थात् हुर्केबढेको स्थानको रहनसहन, संस्कार, संस्कृति वा दैनिकी नै प्यारो लाग्नु स्वाभाविक हो । त्यही प्यारो संस्कृतिप्रतिको म...

इतिहास विद्रोही बाजहाङलाई फुङलिङमा मृत्युदण्ड

Image
  राजकुमार दिक्पाल २८ फाल्गुन २०८१, बुधबार   लिम्बूहरुको प्राचीन थातथलोमध्येको एक आठराई (हाल तेह्रथुम) क्षेत्रका आठ प्रमुख लिम्बूमध्येका एक हुन्, आङ्बुहाङहरु । आङ्बुहाङहरुको जमिन्दारी किपट सुवांगी ताप्लेजुङको चाँगे र हाङपाङको केही भागमा रहेको थियो । वि.सं. २०२१ को भूमिसुधारपछि उनीहरुको सुवांगी समाप्त हुनपुग्यो । आफ्नो किपट सुवांगीको विषयमा त्यसबेलाका लिम्बू सुब्बाहरुले मुद्दामामिला धाउनु तथा शासक वर्गसँग बेलाबेलामा विवाद पर्नु स्वभाविकजस्तो देखिन्थ्यो । त्यसैक्रममा हाङपाङका सुब्बा बाजहाङ आङ्बुहाङले तत्कालीन राणाशासकबाट मृत्यूदण्ड नै पाएका छन् । राणाकालमा लिम्बूहरुको किपटलाई मिच्दै र मास्दै लगिरहेको षडयन्त्रको गन्ध पाएर बाजहाङले त्यसको विरोध गरेका थिए । तर, राणा शासनको जगजगी चलिरहेको बेला वि.सं. १९५२ को चैत महिनामा उनलाई ताप्लेजुङको फुङलिङमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । राणाकालमा लिम्बूहरुको किपटलाई मिच्दै र मास्दै लगिरहेको षडयन्त्रको गन्ध पाएर बाजहाङले त्यसको विरोध गरेका थिए । तर, राणा शासनको जगजगी चलिरहेको बेला वि.सं. १९५२ को चैत महिनामा उनलाई ताप्लेजुङको फुङलिङमा झुण्ड...

इतिहास र अनुभूति : मेरा बराजुको त्यो महँगो विवाह

Image
    राजकुमार दिक्पाल   २०८१ चैत २ गते २२:१२ बेला–बेलामा इतिहासकार दिनेशराज पन्तको धुम्बाराहीस्थित घरमा पुग्थें, एउटा सञ्चारकर्मीको नाताले । रिपोर्टिङको लागि कुनै एक निश्चित इतिहासका विषयमा जिज्ञासा लिएर पन्तकहाँ पुग्दा दाउ पारेर उनको निजी पुस्तकालयतिर पनि आँखा घुमाउँथें । त्यही क्रममा उनको पुस्तकालयमा थुप्रै पुराना कागजपत्रहरूको सङ्ग्रह देख्ने अवसर पाएँ । ‘यति धेरै कागजपत्रहरू तपाईंकहाँ कसरी जम्मा हुन सम्भव भएको हो गुरु ?’ उनीसमक्ष एक दिन जिज्ञासा राखें । उनले भने, ‘यीमध्ये कतिपय हाम्रा पुर्खाहरूले जोहो गरेर राखिदिएका हुन्, कतिपय भने हामीले मिहिनेत गरेर खोजी सङ्ग्रह गरेका हौं ।’ इतिहासकार पन्तको सामीप्यताको प्रेरणा भने मैले नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति वैरागी काइँलाबाट पाएको हुँ । एक दिन धुम्बाराहीकै काइँला निवासमा पुग्दा उनले भने, ‘हाम्रा मान्छेहरू (आदिवासी जनजातिहरू) खालि गाली गर्ने मात्रै देखिए । इतिहास पढ्नु, खोज्नु र लेख्न सिक्नु नि ! यसको लागि मेरै छिमेकी संशोधन मण्डलकहाँ जाँदा पनि हुन्छ ।’ काइँलाको यो सुझाव मेरो लागि गुरुमन्त्र हुन पुग्यो । त्यसपछि यो...

मुन्धुम शिरोमणि वैरागी काइँला

Image
    राजकुमार दिक्पाल   २०८१ चैत्र १८ इतिहासकार इमानसिंह चेम्जोङको शतवार्षिकी चलिरहेको थियो, २०५९ सालमा । स्टाफ कलेज, जावलाखेलमा आयोजित समारोहमा भाषाविद् प्रा.डा. नोवलकिशोर राईले एउटा प्रेरणादायी प्रस्ताव राख्नुभयो, “लिम्बूहरुको अहिलेसम्मको साहित्य अवलोकन गर्दा जसरी खस नेपाली भाषाको साहित्यमा भानुभक्त आचार्यको योगदान छ, त्यस्तै इमानसिंह चेम्जोङलाई लिम्बूहरुको भानुभक्त आचार्य मान्दा हुन्छ । अनि वैरागी काइँलाको भूमिका चाहिँ मोतीराम भट्टको जस्तो छ । बाँकी देवकोटा, लेखनाथ, सिद्धिचरणलगायतको स्थानमा कसलाई पुग्न मन छ, ठाउँ खाली छ है !” नेपालमा असाध्यै थोरै कविता लेखेर आफूलाई अब्बल र अमर बनाउने कविको नाम हो, वैरागी काइँला । अझ उहाँको नाम आयामेली कविका रुपमा चर्चित र परिचित छ । तर उहाँको नयाँ कविता भने पढ्न पाइएको छैन, किनकी उहाँले आफ्नो सम्पूर्ण समय र ऊर्जा मुन्धुममा समर्पित गर्नुभएको छ । तेस्रो आयाम घोषणा दार्जिलिङमा पढ्न बस्दा इन्द्रबहादुर राई र इश्वर वल्लभसँग मिलेर “तेस्रो आयाम” घोषणा गरेर नेपाली साहित्यको क्षितिजमा एउटा चम्किलो ताराको रुपमा उदाइरहदा सम्भवतः काइँलालाई लागेको थि...