Posts

Showing posts from April, 2025

अंग्रेजलाई हराएको दिन सम्झिएर मनाइयो जितगढी उत्सव

Image
  ७ वैशाख, बुटवल । नेपाल–अंग्रेज बीच बुटवलको जितगढीमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आइतबार (आज) जितगढी उत्सव मनाइएको छ । वि.सं. १८७१ देखि सुरु भएको नेपाल–अंग्रेज युद्ध १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले जित हासिल गरेको खुसीयालीमा हरेक बैशाख ७ गते विजय उत्सव मनाउने गरिएको छ । जितगढी विजय उत्सवकै अवसर पारेर गत तीन वर्षदेखि नेपाली सेनाले गोरखा–जितगढी पैदलयात्रा समेत गर्दै आएको छ । उक्त पदयात्रा बैशाख ७ गते नै जितगढी आउने गरेको छ । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको पद यात्रा २०७९ सालदेखि शुरु गरेको थियो । गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आज ऐतिहासिक जितगढी किल्लामा आइपुगेको हो । राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् । पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस म...

सिन्धुलीगढी युद्ध नायक वंशु गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन

Image
  काठमाडौं । विश्वमा पहिलोपटक अंग्रेज फौज परास्त गरेर नेपालको भूगोलको रक्षा गर्ने सिकारी सरदार वंशु (वंश) लेम गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भएको छ । बि.सं. १८२४ असोज १५ गते भएको सिन्धुलीगढी युद्धमा अंग्रेज फौजलाई पराजय गरेर नेपाललाई वैदेशिक आक्रमणबाट बचाएर नेपालको अस्तित्व जोगाउन योगदान दिएको भन्दै हुलाक सेवा विभागले उनको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको हो । नेपालको अस्तित्व जोगाउन महत्वपूर्ण योगदानको गरेकाले हुलाक टिकट प्रकाशनको माग गर्दै सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए । मन्त्रालयले चैत १७ गते वंशुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । हुलाक सेवा विभागद्वारा आयोजित एक समारोहका बीच सञ्चार गुरुङले टिकटमा टाँचा लगाएर टिकट सार्वजनिक गरे । सिन्धुलीगढीमा अंग्रेजसँग भएको युद्धमा गोर्खाली फौजको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै सिकारी सरदार वंशु (वंश) गुरुङले अंग्रेज फौज परास्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विश्वमा पहिलोपटक पराजय भोगेको ...