Posts

Showing posts from January, 2025

किरात येले संवत् ५०८५ कि ३८०४ ?

Image
  गणेश राई १ माघ २०८१, मङ्गलवार 101 Shares समाचार किरात येले संवत् ५०८५ कि ३८०४ ? विद्वत्तमाझ सधैं प्रश्न गर्ने गरिन्छ— इतिहास तथ्यमा हुन्छ कि मिथकमा ?  अनि जवाफ आउँछ– इतिहास भनेको तथ्यमा आधारित हुन्छ । इतिहासको अर्थ अतीत काल वा विगत समयका घटनाहरूको वर्णन, विश्लेषण र मूल्यांकन गर्ने ज्ञानको एक शाखा; अतीतको अनुसन्धान र छानविनमा आधारित अध्ययन; कुनै मुलुक, जाति, संस्था विषय आदिका अतीतका घटनाहरूको क्रमवद्ध वर्णन वा वृत्तान्त भन्ने रहेको छ (नेपाली बृहत् शब्दकोश, २०७५)। आज माघ १ गतेको प्रसंग यहीबाट सुरु हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश–१ अनि देश–विदेशमा यतिखेर किरात येले संवत्े नयाँ वर्ष धुमधामका साथ मनाइरहेका छन्, किरात समुदायले । किरात येले संवत्लाई विभिन्न किराती भाषाहरूमा येले तङ्बे, येले दोङ, येले दुङ, येले थोचे भन्दछन् । किरात येले संवत् ५०८५ भनेर मनाइरहेका छन् । नयाँ वर्षको उल्लास उमंग ज्यादै सराहनी छ । यसैगरी मनाउँदै आइएको छ । त्यसैले मनाइरहनु पर्छ । यो संवत् प्रदेश–१ मा बसोबास गर्ने जातजातिको साझा संवत् हो । यो नया वर्ष माघेसंक्रान्ति अर्थात् माघीकै द...

मनोरञ्जन : आदिवासीले जित्नुपर्ने लडाइँ- 'मुक्कुम्लुङ'

Image
  माघ ९, २०८१  रीना मोक्तान काठमाडौँ — कोही युवा तासमा मस्त, कोही गफमै व्यस्त ! उनीहरूका नजर र ध्यान तासमै एकाग्र ! आँगन टेक्न आइपुग्ने पाहुनालाई उनीहरू बेलाबेला ‘सेवारो’ भन्दै स्वागत गर्न पनि भ्याइरहेकै छन् । आँगनसँगै जोडिएको घरका केही महिला पाहुना सत्कारमै लिप्त ! आँगनको बीच भागमा ‘याग्राङ्गसिङ’ (भुइँमा गाडिएको बाँस) छ । त्यसमा सिलाम साक्मा सजिएको छ, झाँक्रीहरू तङसिङका लागि तयारी गर्दैछन् । आँगनमा गाउँलेबासीहरुको जमघट बाक्लिँदै गर्दा, अर्को कुनातिरबाट लिम्बू दाजू गाउँलेले विकास नबुझेको भन्दै झोक्किन आइपुग्छन् ।  'विकास बुझेका छौ?' लिम्बू दाजूले तास खेल्दै गरेको एक बाहुन पात्रलाई सोध्छन् । बाहुन पात्रले तुरुन्तै जवाफ दिन्छन्, 'तिमी पनि बेसी कुरा नगर दाजू । बाहुन भए पनि गाउँमा नाक काटेको छैन मैले तिमीले जस्तो । तिमी लिम्बू भएर गाउँको विरुद्ध बोल्दै हिँडेर हुन्छ ?’ रिसले मुर्मुरिँदै लिम्बू दाजू थप्छन्, 'होइन हौ, तिमीले विकास बुझेका छौ ?' लिम्बू दाजूको कुरा पूरा हुन नपाउँदै बाहुन पात्र झर्कन्छन्, 'परिवर्तन मात्रै भएर हुँदैन ...

खवास जातिको संस्कार, संस्कृति र परम्परा

Image
  गोरखापत्र अनलाइन  १० असार २०८०, आइतबार  १ वर्ष पहिले शेयर गर्नुहोस: फन्ट परिवर्तन गर्नुहोस: नेपालका विभिन्न जिल्लामा छिरलिएर बसेको एक जाति खवास जाति हो । मझ्यौला कदका, गहुँगोरो वर्णका, आफ्नो समुदायमा एकै ठाउँमा आबद्ध भएर बस्ने गरेको यस जातिको आफ्नै पहिचान छ । तैपनि यो जाति हरेक दृष्टिले ओझेलमा परेको छ । यो जाति न आदिवासी जनजाति हो, न त खसआर्य तागाधारी हो । न त दलित हो । यस जातिको राष्ट्रिय दृष्टिकोणले पहिचान भएको छैन । सायद नेपाल राज्यभरि नै यस जातिको पहिचान छैन । सरल प्रकृतिका सोझा शान्त खालका, मानिसहरू यस जातिभित्र पाइन्छन् । यस जातिको अलग्गै मातृभाषा छैन । भाषिक कारोबार नेपाली भाषाबाट नै चल्छ ।  वासस्थानः यो जाति नेपालका विभिन्न ठाउँमा छिरलिएर बसेको पाइन्छ । लमजुङको हकमा भन्ने हो भने जिता, बाङ्ग्रे, उदिपुर, बेँसीसहर, चिती तथा सोतीपसलमा यस जातिको बसोबास भेटिन्छ । लमजुङबाहेक तनहुँ, कास्की, गोरखा, स्याङ्जा, धादिङ जस्ता धेरै जिल्लामा यस जातिको बसोबास भेटिन्छ । विभिन्न ठाउँको बस्ती भए पनि आफ्नो समुदाय प्रायः एकै ठाउँमा नजिकै नजिकै बसोबास गर्ने गरेको पाइएको छ ।  ...