Posts

Showing posts from August, 2024

विचार: अठोट गरौं– ‘शुद्ध लेख्छु’-शरच्चन्द्र वस्ती

Image
  भाद्र ४, २०८१ शरच्चन्द्र वस्ती ‘भाषामा हस्तक्षेप गर्ने अधिकार कसैलाई हुँदैन’ भन्ने निष्कर्ष निहित भएको सर्वोच्च अदालतको हालैको फैसलाले नेपाली भाषालाई ठूलो गुन लगाएको छ । यसले राज्यसत्ताको दुरुपयोग गरेर उर्दी र आदेशका भरमा लगातार गरिँदै आएका अनधिकृत हस्तक्षेपहरूको सकसबाट मुक्ति मात्रै दिलाएको छैन, नेपाली भाषामा नयाँ स्फूर्ति र ऊर्जाको समेत सञ्चार गरेको छ ।  भाषामाथि हस्तक्षेप गर्ने प्राधिकार कहीं त निहित हुनैपर्छ (नत्र भाषाको उद्धार कसले गर्छ ?) भन्ने विभ्रम नेपाली समाजमा ‘मान्यता’ कै आवरणमा विद्यमान रहिआएको छ । नेपाली भाषालाई आजको अन्योल, अराजकता र दिग्भ्रान्तिमा पुर्‍याउने काम यसैले गरेको हो । यही विभ्रमवश नेपाली भाषाका महागुरुहरू निकै वर्षअघि भाषामा हस्तक्षेपको बीउ रोप्न अग्रसर हुनुभएको थियो । त्यसका दुष्परिणाम भयावह रूपमा प्रकट हुँदै गएपछि उहाँहरू पछुताउन थाल्नुभयो र भाषा–प्रयोगकर्ताहरूले ‘यस्तो हस्तक्षेप स्वीकार्य हुन सक्तैन’ भनेपछि आत्मालोचना गर्दै हस्तक्षेप फिर्ता लिनुभयो । र, नेकशुले–२०६९ को व्यवस्था गरी नेपाली भाषालाई उसको स्वाभाविक गतिमा अघि बढ्ने मार्ग प्रशस्त गर्न...

बिग्रँदै थिति, एक सन्तान नीति

Image
  अच्युत पुरी, पुष्पराज चौलागाईं   २०८१ साउन ३२ गते ११:५२ ३२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का महापुरुष चौलागाईं र सरस्वती चौलागाईं एक मात्र सन्तान छिन्, खुशी । विवाह गरेको लामो अन्तरालपछि जन्मिएकी उनी अहिले तीन वर्षकी भइन् । ‘छोरा होस् वा छोरी, एउटा भए पुग्छ । हामीलाई अब छोराको अपेक्षा छैन’, महापुरुष भन्छन् । यद्यपि घरपरिवार, आफन्तको जोड छ– ‘एउटा छोरा त चाहिन्छ ।’ चाहेजति सुख–सुविधा दिन नसक्ने हुनाले महापुरुष दम्पतीले अर्को सन्तानको चाहना राखेका छैनन् । ‘अर्को सन्तान जन्माउँदा न शिक्षा राम्रो दिन सकिन्छ, न बिरामी पर्दा स्वास्थ्य उपचार नै गर्न सकिन्छ’ उनी भन्छन्, ‘एउटा जसोतसो हुर्काइरहेका छौं, अब पुग्यो ।’ चार दाजुभाइ र एक दिदीमध्ये महापुरुष आफैं चाहिं माइलो सन्तान हुन् । उनले बाल्यकाल बुबाआमालाई खेतीपातीमा सहयोग गर्दै अध्ययनमा बिताए । आर्थिक क्षमता मजबुत थिएन । जसोतसो काठमाडौंमा मजदुरी गर्दै एमए (स्नातकोत्तर) पूरा गरे । स्नातकोत्तर अध्ययन गर्दै गर्दा विवाह भयो । घरपरिवार चलाउन जागिर पाउन सकेनन् । अनि उनी दक्षिणकोरिया हान्निए । आफ्नै अनुभवबाट महापुरुष...

आदिवासी जनजाति सूचीकरणको अन्योल : कमल मादेन

  श्रावण ३१, २०८१ कमल मादेन नेपालको ऐनकानुन पहिले कस्ता थिए, त्यसको असर समाजमा कस्तो परेको थियो भन्ने थाहा पाउन जर्मनस्थित हाइडलबर्ग एकेडेमी अफ साइन्स एन्ड ह्युमानिटिजले सन् २०२१ मा ‘द मुलुकी ऐन अफ १८५४ : नेपाल्स फस्ट लिगल कोड’ शीर्षक पुस्तक प्रकाशित गरेको छ । त्यो पुस्तक जंगबहादुर राणाका बेला अलिखित रूपमा छरिएर रहेका कानुनी अभ्यासलाई आधार बनाएर जारी कानुनी सँगालो हो । यसमा जम्मा १ सय ६५ किसिमका भिन्न कानुन छन् । तीमध्ये एक कानुन ‘जाति तथा परिवार’ सँग सम्बन्धित छ (पृष्ठ २९) । यो कानुनको मुख्य उद्देश्य भनेको जातीय व्यवस्थाको पदानुक्रमलाई बलियो बनाउनु थियो । त्यसबेला नेपाल एक हिन्दु राज्य थियो, तर पूर्ण हिन्दु समाज थिएन । उसबेला राज्यले कानुन बनाएरै धेरै जातजातिलाई अपहेलित तथा उत्पीडित बनाएको थियो भन्ने सन्दर्भ हामीमध्ये धेरैका पुर्खा वा परिवारले अनुभूत गरेको छैन भने यो कुरा तिनका निम्ति चासोको सन्दर्भ नहुन सक्छ । तर, सबैले इतिहास थाहा पाउँदा खासै फरक पर्दैन । जंगबहादुरले जारी गरेको कानुन कस्तो थियो भनेर अनुमान लगाउन त्यसबेला जातजातिलाई समूहकृत गरिएको शब्दावलीबाट यसै स्पष्ट हुन्छ । त...