इतिहास : बिर्सिइएका बानादार

कोसेली बिर्सिइएका बानादार कार्तिक ११ , २०७४ रामप्रसाद कँडेल काठमाडौं — कथा कलंगा गढी किल्लाको लडाइँमा वीर बलभद्र कुँवरको साथमा रहेको बानादारहरूको हो । हामी इतिहास खाने जातिमा पर्छौं । फिरंगीहरूसँगको युद्धको बेला कलंगा किल्लामा रहेका वीर नेपाली सेनाहरूको साथमा कम्तीमा ४ जना बानादार थिए । यदि राजा आफैं प्रत्यक्ष युद्धमा सहभागी भएको अवस्थामा कम्तीमा १६ जना बानादार सामेल गराइन्थ्यो । अन्य अवस्थामा कम्तीमा ४ जना बानादार समावेश हुन्थे । तिनै बानादारहरूको ताल र धुनमा सेनालाई कवाज खेलाइन्थ्यो र प्राचीन नेपाली युद्ध कलाको अभ्यास गराइन्थ्यो । तर हाम्रा सैनिक इतिहासका सबैजसो संस्करणहरूमा ती बानादारहरूको कतै उल्लेख गरिएको छैन । के आफ्ना गौरवपूर्ण बानो , नगरा र ढोलप्रति दिव्योपदेशमा बाहेक अन्य स्थानमा नपर्नु बाजा र बाजा बजाउनेको भाग्यलाई मात्र दोष हो ? बानादार भनेको नेपाली सेनाको हरेक कम्पनी , ...