आदिवासी भाषा दशक र गायक राजेश पायल राईहरू
कुब्जोङ किरात ३ वैशाख २०८१, सोमवार कला र साहित्य गायक राजेश पायल राई, अँध्यारोबाट उज्यालोतिर अन्तरवार्तामा त्यस दिन हामी सुन्दरीजल पिकनिक खान गएका थियौं । कुरो २०४८÷४९ सालतिरको हो । हाम्रो टोलीमा दुईजना उदीयमान गायक साथी थिए, राजेश पायल राई र यम बराल । साथै आरआर क्याम्पसमा आईए संगीत विषय पढ्दै गरेका केटी साथीहरू थिए । पिननिकमा सहभागी हुनुको रौनक तिनै दुई साथीको गीत सुन्न पाउनु थियो । उतिखेर राजेश पायल ल क्याम्पसमा भर्ना भएका थिए, सायद । हामी आरआरका सहपाठी थियौं । सबैजना आलाकाँचा अल्लारे थियौं, १६ देखि २०–२१ का । हामी अल्लारेहरूले खोला दहमा नाङ्गैभुतुङ्गै पौडी खेलेको फोटो अहिले पनि छ । उतिखेर बजारमा चर्चित गीत थियो, ‘सपना सपना म तिम्रो सपना, मायाले राखिदियो मेरो नाम सपना’ । त्यो गीत ‘सपना’ फिल्म (१९९३)को थियो । गीतमा नायक भुवन केसी र नायिका करिस्मा मानन्धरको प्रेमिल अभिनय थियो । सबै तन्नेरी पुस्ताको जिब्रोमा हरपल झुण्डिरहेको कुमार सानु र आशा भोसलेको स्वरमा थियो । त्यही गीत राजेश पायलजीले हामी साथीहरूमाझ दुरुस्तै गाएर हाम्रो पिकनिक सपना पूरा भएझैं भएको थियो । यमीजीले कुनचाहिं...