समाचार जनगणनाको तथ्यांकमा दोहोरिएको मिथ्यांक
१५० जातमध्ये ६७ मात्र जनगणनाले समेट्यो : मधेसी आयोग नभएको ‘राई’ भाषाको वक्ता १ लाख ४४ हजार पहिचानलाई लिएर भएका मागलाई सम्बोधन भएको मानवशास्त्रीको भनाइ जेष्ठ २३, २०८० गणेश राई काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो चरणमा सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजामा मुलुकभित्र १४२ जातजाति, १२४ भाषा र १० धर्म मान्ने समुदाय रहेको उल्लेख छ । अघिल्लो जनगणनाको तुलनामा १७ जातजाति बढेको छ भने एउटा भाषा थपिएको छ । पहिचानको मुद्दाका रूपमा चौतर्फी दबाब बढेपछि कार्यालयले पहिलो चरणमा सोल्टी होटेलमा प्रधानमन्त्रीको उपस्थितिमा सार्वजनिक गरेको नतिजामा जातजाति, भाषा र धर्मको तथ्यांक समेटेको थिएन । कार्यालयले गत शुक्रबार (जेठ १९ गते) प्रेस विज्ञप्तिमार्फत उक्त नतिजा सार्वजनिक गरेको हो । नतिजा प्रकाशन भएसँगै तथ्यांकमा मिथ्यांक दोहोरिएको पाइएको छ । नतिजा प्रकाशनअघि जातजाति, भाषा र धर्मको विषयलाई लिएर विभिन्न समुदायले तथ्यांक कार्यालयको ध्यानाकर्षण गराउँदै आएका थिए । ‘राष्ट्रिय तथ्यांक कार्यालयमा जातजाति, भाषा र धर्म सम्बन्धमा सरोकारवाला विभिन...