सुनकोसी-मरिण डाइभर्सन प्रभावित रामेछापका माझी समुदाय असन्तुष्ट: जि प्र का रामेछापमा १३ बुँदे माग सहित बुझाए ज्ञापन पत्र
जनचासो खबर | माघ ४, २०७७ आइतबार अ अ अ रामेछाप । सुनकोसीको पानी डाइभर्सन गरी सिन्धुलीको मरिणक्षेत्रमा लाने परियोजनामा रामेछापका प्रभावित माझी समुदायले ज्ञापन पत्र बुझाएका छन् । परियोजनाले माझीहरुको परम्परागत जीविकामाथि प्रत्यक्ष असर गर्ने भन्दै आईतबार रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा समक्ष ज्ञापनपत्र बुझाएका हुन् । स्थानीय माझीहरूको सक्रियतामा आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझी, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, बागमती प्रदेश सांसद रिता माझी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा धनबहादुर माझीलगायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र सहित १३ बुँदे माग पेस गरिएको छ । प्रभावित क्षेत्रका माझी समुदायहरूद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा विकासको नाममा हामीले परम्परादेखि भोगचलन गर्दै आएको हाम्रो पुर्ख्यौली जग्गा जमिन, नदी खोला र बगरक्षेत्र, घाट आदि डुबानमा परी हामी विस्थापित हुनु पर्ने र हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक जीवनमा प्रतिकुल असर पर्ने उल्लेख गरेका छन् । ज्ञापनपत्रमा लेखिएक...