विवादै विवादमा उपकुलपतिहरू बिदा
भाद्र ५, २०७६ गणेश राई काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको पदावधि बिहीबार सकिँदै छ । पूर्वाञ्चल, नेपाल संस्कृत, मध्यपश्चिमाञ्चल, कृषि तथा वन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति शुक्रबार बाहिरिनेछन् । उनीहरुमध्ये अधिकांशको चारवर्षे कार्यकाल विवादकै सेरोफेरोमा बितेको छ । छ विश्वविद्यालयका उपकुलपति चार वर्षे कार्यकाल सकिएर बाहिरिदै छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको पदावधि बिहीबार सकिँदै छ । पूर्वाञ्चल, नेपाल संस्कृत, मध्यपश्चिमाञ्चल, कृषि तथा वन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति शुक्रबार बाहिरिनेछन् । पदावधि नसकिँदै कतिपय उपकुलपति गाडी र अन्य सुविधासहित बिदामा बसेका छन् । राजनीतिक भागबन्डामा नियुक्त अधिकांश उपकुलपतिको कार्यकाल भने विवादकै सेरोफेरोमा रहेर सकिँदै छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइराला डेढ महिनाअघि पदीय हैसियतमा अमेरिका यात्रामा निस्किएका छन् । नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति कुलप्रसाद कोइराला गाडीलगायतको सुविधासहित काठमाडौंमा छन् । उनी गत साउन ३२ गते नै ...