समाचार - विद्यालय बन्द गर्ने कि गाभ्ने ?
गणेश राई काठमाडौँ — प्रजातन्त्र बहालीपछि उत्साहसाथ खोलिएका विद्यालय अहिले विद्यार्थी नपाएर बन्द वा समायोजन गर्नुपर्ने अवस्थामा पुगेका छन् । यी विद्यालयको व्यवस्थापन स्थानीय जनप्रतिनिधिका निम्ति चुनौती बनेको छ । डडेलधुरा सदरमुकाम नजिकको पूर्णागिरि आधारभूत विद्यालय । यहाँ एकजना विद्यार्थीलाई पढाउन ४ जना शिक्षक कार्यरत छन् । तस्बिर : डीआर साविकका कतिपय गाविसका एउटै वडामा दुई/तीन वटासम्म पनि विद्यालय खोलिए । नगरपालिका तथा नगरोन्मुख क्षेत्रमा सामुदायिकको तुलनामा धेरै निजी विद्यालय खोल्न अनुमति दिइयो । २०४६ मा १५ हजार ९ सय विद्यालय रहेकामा त्यसयता थप २० हजार खुले । अहिले देशभर सामुदायिक र संस्थागत गरी ३५ हजार ६ सय १ सय विद्यालय छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रतिवेदनअनुसार सामुदायिक २७ हजार ९ सय १४, संस्थागत ६ हजार ५ सय ६६ तथा धार्मिक विद्यालय १ हजार १ सय २१ वटा छन् । पञ्चायतकालमा निजी विद्यालय १ हजार ३ सय ५९ वटा मात्र थिए । ‘उतिखेर विद्यालय खोलिए, गाउँगाउँमा रोजगारी सिर्जना भयो, आज तिनै विद्यालय खारेज गर्न वा अर्कोमा गाभ्न समस्या छ,’ कांग्रेस सांसद गगन थापा भन्छन...