Posts

भानुभक्त आचार्य, भानुभक्तको रामायण र भानुभक्तका सालिक

Image
  भानुभक्त आचार्य, भानुभक्तको रामायण र भानुभक्तका सालिक सुनिल उलक  भानुले रामायण नेपाली भाषामा लेखेको चर्चा निकै भेटिन्छ । तर भानु जन्मनु भन्दा १०० वर्ष भन्दा अगाडि नै दुखी भारोले रामायण नेवारी भाषामा लेखेका थिए । त्यसबेला उपत्यका पुरै नेवारीमय थियो र पनि दुखी भारोको रामायणको चर्चा खासै चलेन । उनको रामायण समाजको अगाडि ल्याउने कुनै मोतिराम जन्मि दिएनन् भन्नु पर्ला । किन भने भानुमक्त पनि जीवनकालमा त्यसै हराएका थिए । मोतिरामले टपक्क टिपेर बाहिर ल्याएका थिए । अन्यथा भानुभक्तको विषयमा उल्लेख नै हुन नै पाउँदैनथ्यो कि !! तर दुखको कुरा भानुलाई सम्पूर्ण नेपाली सामु उभ्याउने मोति आफै यो संसारमा धेरै लामो समय रहेनन् । केवल ३० वर्षकै उमेरमा मोतिले यो संसारबाट बिदा लिए । बि.सं. १८७१ असार २९ गते भानु चुँदी रम्घामा जन्मेका थिए । चुँदीकै सम्वन्धमा यो कविता भानुले कोरेको भनिन्छ । भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी भैकन किन यस्तो । मेरा ईनार न त सत्तल पाटि क्यै छन् जे धन चीजहरु छन् घर भित्रनै छन् । त्यस घाँसी...

फर्काइँदै सप्तपाताल

Image
  सप्तपाताल पोखरीसहित पाटन सहर देखिने एक सय वर्षअघिको तस्बिर । प्रकृति अधिकारी  २८ असार २०८२, शनिबार   पोखरी परिसरमा सिमेन्टको प्रयोग गरिएको छैन । बालुवा, इँटा, माटो, सुर्की र चुनाको प्रयोग गरिएको छ । कम पानी सोस्ने गुण भएकाले ठिमीको कालो माटो ल्याइएको छ । पोखरीमा चार इन्च बालुवा राखिएको छ भने त्यसमाथि १० इन्च कालो माटो र त्यसमाथि इँटा छापिएको छ । स्मरण गरौँ– विक्रम संवत् १९९० को महाभूकम्प । ललितपुर मङ्गलबजारको कोतमा रहेको पाटन स्कुल (हाल : पाटन मावि) को भवन पनि क्षतिग्रस्त भयो । लगनखेलको पोखरीका डिलमा बाँस र परालको टहरा बनाई स्कुल सारियो । तीन वर्षसम्म त्यसै स्थानमा स्कुल रह्यो । पाटनढोकामा जग्गा प्राप्ति गरी १९९३ सालमा स्कुल स्थानान्तरण गरियो । प्रसङ्ग स्कुल वा भूकम्पको होइन; लगनखेलका दुई पोखरीको हो– सप्तपाताल र कमलपोखरी । त्यतिबेला पाटन स्कुलले अस्थायी रूपमा मात्र पोखरी क्षेत्र अतिक्रमण गरेको थियो ।  लगनखेल अर्थात् नेवारीमा ‘ल गः ख्य’ अर्थात् पानी जम्ने चौर । लगनखेलमा ठुला चार वटा पोखरी थिए–  ‘पलेस्वाः पुखु’ अर्थात् कमलपोखरी, त्योसँग जोडिएको अर्को सानो पोखरी,...

ख्यालःदेलमा ख्यालठट्टा

Image
  गोरखापत्र अनलाइन  १४ असार २०८२, शनिबार कहाँ हुन्छ जन्मघर परदेशको ठाउँ  रमाइलो छ वारिपारि आफ्नै घर गाउँ  जोर मादल कहाँ बज्यो घन्केर  रुन्छ मन गाउँघर सम्झेर  शिरमा रिबन... गायक तथा सङ्गीतकार शम्भु राईले दशकौँअघि सिर्जना गर्नुभएको यो गीत आमनेपालीको दैनिकीमा अझै पनि उत्तिकै सान्दर्भिक छ । अझ भनौँ, झन् झन् यो गीतको सान्दर्भिकता उज्यालिँदै छ । किनकि प्रत्येक साल, प्रत्येक महिना अझ प्रत्येक दिन कोही न कोही गाउँ छाडेर बसाइँ सरिरहेका छन् । विभिन्न अवसर र सुविधाको खोजीमा गाउँदेखि सहर, सहरदेखि विदेश पलायन भइरहेका लामबद्ध नेपाली जब परदेशमा सोचे जस्तो अवस्था भेट्दैनन्, दुःखका बग्रेल्ती अड्चनसँग जुध्छन् अनि पोख्छन् एक फ्वाँक गुनासो, ‘कहाँ हुन्छ जन्मघर परदेशको ठाउँमा’ ।  हो, हरेका मानिसका लागि आफ्नो जन्मथलो र जन्म दिने आमा सायद सबैभन्दा प्रिय शब्द हो । जन्मथलोबाहिर जति नै प्रगति गरे पनि, जति नै आधुनिकतामा रुमल्लिए पनि जोकोहीलाई आफ्नो थातथलो अर्थात् हुर्केबढेको स्थानको रहनसहन, संस्कार, संस्कृति वा दैनिकी नै प्यारो लाग्नु स्वाभाविक हो । त्यही प्यारो संस्कृतिप्रतिको म...

इतिहास विद्रोही बाजहाङलाई फुङलिङमा मृत्युदण्ड

Image
  राजकुमार दिक्पाल २८ फाल्गुन २०८१, बुधबार   लिम्बूहरुको प्राचीन थातथलोमध्येको एक आठराई (हाल तेह्रथुम) क्षेत्रका आठ प्रमुख लिम्बूमध्येका एक हुन्, आङ्बुहाङहरु । आङ्बुहाङहरुको जमिन्दारी किपट सुवांगी ताप्लेजुङको चाँगे र हाङपाङको केही भागमा रहेको थियो । वि.सं. २०२१ को भूमिसुधारपछि उनीहरुको सुवांगी समाप्त हुनपुग्यो । आफ्नो किपट सुवांगीको विषयमा त्यसबेलाका लिम्बू सुब्बाहरुले मुद्दामामिला धाउनु तथा शासक वर्गसँग बेलाबेलामा विवाद पर्नु स्वभाविकजस्तो देखिन्थ्यो । त्यसैक्रममा हाङपाङका सुब्बा बाजहाङ आङ्बुहाङले तत्कालीन राणाशासकबाट मृत्यूदण्ड नै पाएका छन् । राणाकालमा लिम्बूहरुको किपटलाई मिच्दै र मास्दै लगिरहेको षडयन्त्रको गन्ध पाएर बाजहाङले त्यसको विरोध गरेका थिए । तर, राणा शासनको जगजगी चलिरहेको बेला वि.सं. १९५२ को चैत महिनामा उनलाई ताप्लेजुङको फुङलिङमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । राणाकालमा लिम्बूहरुको किपटलाई मिच्दै र मास्दै लगिरहेको षडयन्त्रको गन्ध पाएर बाजहाङले त्यसको विरोध गरेका थिए । तर, राणा शासनको जगजगी चलिरहेको बेला वि.सं. १९५२ को चैत महिनामा उनलाई ताप्लेजुङको फुङलिङमा झुण्ड...

इतिहास र अनुभूति : मेरा बराजुको त्यो महँगो विवाह

Image
    राजकुमार दिक्पाल   २०८१ चैत २ गते २२:१२ बेला–बेलामा इतिहासकार दिनेशराज पन्तको धुम्बाराहीस्थित घरमा पुग्थें, एउटा सञ्चारकर्मीको नाताले । रिपोर्टिङको लागि कुनै एक निश्चित इतिहासका विषयमा जिज्ञासा लिएर पन्तकहाँ पुग्दा दाउ पारेर उनको निजी पुस्तकालयतिर पनि आँखा घुमाउँथें । त्यही क्रममा उनको पुस्तकालयमा थुप्रै पुराना कागजपत्रहरूको सङ्ग्रह देख्ने अवसर पाएँ । ‘यति धेरै कागजपत्रहरू तपाईंकहाँ कसरी जम्मा हुन सम्भव भएको हो गुरु ?’ उनीसमक्ष एक दिन जिज्ञासा राखें । उनले भने, ‘यीमध्ये कतिपय हाम्रा पुर्खाहरूले जोहो गरेर राखिदिएका हुन्, कतिपय भने हामीले मिहिनेत गरेर खोजी सङ्ग्रह गरेका हौं ।’ इतिहासकार पन्तको सामीप्यताको प्रेरणा भने मैले नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति वैरागी काइँलाबाट पाएको हुँ । एक दिन धुम्बाराहीकै काइँला निवासमा पुग्दा उनले भने, ‘हाम्रा मान्छेहरू (आदिवासी जनजातिहरू) खालि गाली गर्ने मात्रै देखिए । इतिहास पढ्नु, खोज्नु र लेख्न सिक्नु नि ! यसको लागि मेरै छिमेकी संशोधन मण्डलकहाँ जाँदा पनि हुन्छ ।’ काइँलाको यो सुझाव मेरो लागि गुरुमन्त्र हुन पुग्यो । त्यसपछि यो...