शताब्दी यात्रामा त्रिचन्द्र
सुमन्त घिमिरे १२ भदौ २०८३, शुक्रबार १ हप्ता पहिले नेपालकै उच्च शिक्षाको पहिलो केन्द्र त्रिभुवन चन्द्र कलेजको स्थापना विसं १९७५ भदौ १२ मा भएको थियो । यही दिन दरबार स्कुलको मजलिस घरबाट अध्ययन अध्यापनको श्रीगणेश भएकाले सोही दिनलाई यस संस्थाले आफ्नो स्थापना दिवस मान्छ । सरकारी कलेजका रूपमा स्थापना गरिएको यस संस्थाको नाम तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेरको नामबाट राखिएको थियो । पछि यसको नाम त्रिचन्द्र कलेज राखियो । विसं २०३० मा त्रिविको आङ्गिक भएपछि त्रिचन्द्र बहुमुखी क्याम्पस भनिन्छ । त्रिचन्द्रमा पूर्णकालीन अध्यापक २५१ र कर्मचारी ७८ गरी जम्मा ३२९ जनशक्ति रहेका छन् । विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक विज्ञानमा गरी जम्मा २४ वटा विभाग छन् । यी विभागका विभिन्न शैक्षिक कार्यक्रममा लगभग सात हजार पाँच सय विद्यार्थी पठनपाठन गर्दै आएका छन् । राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालमा उच्च शिक्षाका निमित्त एउटा कलेज आवश्यक भएको महसुस गरी स्थापना गर्ने निर्णय गरेका थिए । त्रिचन्द्र कलेज स्थापना हुनुका कारण तत्कालीन नेपालको राजनीतिक, सामाजिक तथा अन्तर्राष...