Posts

Showing posts from June, 2026

समाज : मिलचोकको कुचोदेखि रोम्दुको पुलसम्म: स्थानीयलाई श्रममा जोड्दै ‘श्रम संस्कृति’

Image
  शिवप्रसाद ढुंगाना   जेठ २७, २०८३ बुधबार १०:५३:४७ ओखलढुङ्गा :  गत पुस ५ गते ओखलढुङ्गाको सदरमुकामस्थित सिद्धिचरण नगरपालिका-११ मिलचोकमा कुचो समातेर सुरु भएको एउटा सामान्य सरसफाइ अभियानले अहिले जिल्लाभरि विकासको नयाँ आयाम ल्याउने अनुमान कसैले गरेको थिएन। पुस १२ गते धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ आफैँ ओखलढुङ्गा ओर्लिएर आमसभा गरेपछि जिल्लामा जुन ‘श्रम संस्कृति’को बीउ रोपिएको थियो, त्यो अहिले १८ औँ हप्तामा आइपुग्दा बृहत् बन्दै गएको छ। यसको अगुवाइ श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ताहरूले गरिरहेका छन्। अहिले जिल्लाका गाउँ-गाउँमा विकासका लागि राज्यको मुख ताक्ने पुरानो परिपाटी भत्किएको छ। सरकारी बजेट र योजनाहरूमा श्रमदान गर्न उदासीन देखिने नागरिकहरू अचेल श्रम संस्कृति पार्टी ओखलढुङ्गाले चलाएको अभियानमा भने कुटो, कोदालो र साबेल बोकेर सहभागिता जनाउन थालेका छन्। 'हामीले अपिल गर्दा कार्यकर्ता र मतदाताबाहेक अरू नागरिक पनि सहभागी हुनुहुन्छ,' जिल्ला अध्यक्ष दर्वाराज राईले अनुभव सुनाए। पार्टीका कार्यकर्ता, समर्थक र आम सर्वसाधारणको उत्साहजनक सहभागिताका कारण यो अभियान अहिल...