Posts

कोशी प्रदेश : यायोख्खाको दबाबपछि बाटैमा सच्चियो भाषा विधेयक

Image
अर्जुन आचार्य शनिबार, २४ असोज २०८३, १९ : ३२   विराटनगर । कोशी प्रदेशसभाले भाषिक अधिकार, पहिचान र समावेशी शासन व्यवस्थाको क्षेत्रमा ऐतिहासिक फड्को मार्दै ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ । नेपालको संविधानको धारा ७ को उपधारा (२) को सीमित संवैधानिक व्यवस्था र भाषा आयोगले गरेको दुईवटा भाषाको मात्र सिफारिसभन्दा धेरै अगाडि बढेर प्रदेशसभाले मैथिली र लिम्बूसहित प्रदेशभित्र १ प्रतिशतभन्दा बढी वक्ता सङ्ख्या रहेका १३ वटा राष्ट्रभाषालाई प्रदेश सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता दिएको हो । किरात राई यायोख्खाले सडकमा दिएको सामान्य दबाबपछि संसद् सचिवालयको कार्यसूचीबाट समेत हटाएर, संसदीय समितिले तयार गरेको प्रतिवेदनलाई बाटैबाट फर्काई परिमार्जन गरेर विधेयक पारित गरिएको हो । शनिबार दिनभर चलेको राजनीतिक रस्साकस्सी, सडक प्रदर्शन र दलीय वार्तापछि साँझ सम्पन्न नवौँ अधिवेशनको अन्तिम बैठकले यो ऐतिहासिक विधेयक पारित गर्दा कोशी प्रदेशले बहुभाषिक मान्यतामा नयाँ मानक स्थापित गरेको छ । शनिबार कोशी प्रदेशसभाको सम्भावित कार्यसूचीअ...

कामकाजका भाषाका विरोधाभाष : भिम नारायण रेग्मी

Image
  प्रदेशलाई एकाइ मानेर प्रदेशको जनसङ्ख्याका आधारमा सरकारी कामकाजको भाषा तोक्ने, प्रदेशको जनसङ्ख्यामा उल्लेख्य अनुपात नदेखिने तर खास स्थानीय तहमा ठूलो अनुपातमा केन्द्रित भाषा तिनै स्थानीय तहमा उपेक्षित हुने हो भने त्यसले भाषिक द्वन्द्व केन्द्रबाट क्षेत्रतिर सरेको मात्रै देखिने छ। Long Essay भिम नारायण रेग्मी 26 September 2026 कोशी प्रदेश सभाको फेसबुक गत असोज ३ गते  नयाँ पत्रिका  दैनिक मा "कोशीमा १३ स्थानीय भाषा सरकारी कामकाजमा प्रयोग हुने प्रतिवेदन पारित" भएको समाचार प्रकाशित भयो। यो समाचार २०७२ सालदेखि लागु भएको  नेपालको संविधान को धारा ७ को उपधारा २ को व्यवस्था कार्यान्वयनसँग सम्बन्धित छ। उक्त उपधारामा "नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ" भनिएको छ। सोही धाराको उपधारा १ ले नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख गरेपछि नेपाली बाहेकका भाषाको लागि गरिएको व्यवस्था हो। उक्त व्यवस्थामा दुई बुँदा उल्लेख्य छन्– (१)...

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन : पत्रकार टेकराज थामी

Image
  पत्रकार टेकराज थामी गोरखापत्र अनलाइन  २ असोज २०८३, शुक्रबार  २ घण्टा पहिले काठमाडौँ, असोज २ गते । “सपना हो कि विपना हो, यो के हो जिन्दगी ? छिनको छिनै बदलियो, के भो जिन्दगी ?” चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन् । यतिबेला यी हरफ दोलखाको कालिका खड्काको जीवनसँग ठ्याक्कै मिलेजस्तो भएको छ । सपना र विपना के हो ? गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सपना र बिपना छुट्याउन अझै पनि नसकेको जस्तो भएको छ उहाँलाई । चीनको केरुङमा ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’ को कार्यक्रममा सहभागी हुन जाने भन्दै रसुवागढीतर्फ हिँड्नुभएका श्रीमान् टेकराज थामी  भदौ १० को बिहानदेखि नै सम्पर्कविहीन हुनुहुन्छ । न फोन आएको छ, न एसएमएस । न त उहाँको अवस्थाबारे कुनै खबर नै । जसरी हरेक दिन साँझ पर्न थालेपछि बास बस्न चराचुरुङ्गी आफ्ना गुँडतर्फ फर्किन्छन् । त्यसरी नै दिनभर काममा गएकाहरु साँझ घर फर्किन्छन् । जब साँझ छिप्पदै जान्छ, सडकमा मानिसको आवतजावत ...