Posts

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन : पत्रकार टेकराज थामी

Image
  पत्रकार टेकराज थामी गोरखापत्र अनलाइन  २ असोज २०८३, शुक्रबार  २ घण्टा पहिले काठमाडौँ, असोज २ गते । “सपना हो कि विपना हो, यो के हो जिन्दगी ? छिनको छिनै बदलियो, के भो जिन्दगी ?” चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन् । यतिबेला यी हरफ दोलखाको कालिका खड्काको जीवनसँग ठ्याक्कै मिलेजस्तो भएको छ । सपना र विपना के हो ? गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सपना र बिपना छुट्याउन अझै पनि नसकेको जस्तो भएको छ उहाँलाई । चीनको केरुङमा ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’ को कार्यक्रममा सहभागी हुन जाने भन्दै रसुवागढीतर्फ हिँड्नुभएका श्रीमान् टेकराज थामी  भदौ १० को बिहानदेखि नै सम्पर्कविहीन हुनुहुन्छ । न फोन आएको छ, न एसएमएस । न त उहाँको अवस्थाबारे कुनै खबर नै । जसरी हरेक दिन साँझ पर्न थालेपछि बास बस्न चराचुरुङ्गी आफ्ना गुँडतर्फ फर्किन्छन् । त्यसरी नै दिनभर काममा गएकाहरु साँझ घर फर्किन्छन् । जब साँझ छिप्पदै जान्छ, सडकमा मानिसको आवतजावत ...

गोरखापत्रको बहुभाषिक यात्रा १९ वर्ष पूरा

Image
कुमार विवेकानन्द मिश्र  १ असोज २०८३, बिहीबार  १ दिन पहिले जब राज्यले सबै भाषालाई सम्मान, संरक्षण र सार्वजनिक जीवनमा समान अवसर प्रदान गर्छ; तब भाषिक विविधता नै समावेशीकरण, अपनत्व र राष्ट्रिय एकताको आधार बन्न पुग्छ । विविध भाषाले राष्ट्रलाई समृद्ध बनाउँछ । भाषिक समानताले ती विविधतालाई एकताको सूत्रमा बाँध्छ । नेपालको भाषिक विविधता राष्ट्रिय एकताको बलियो आधार हो । हरेक भाषाको आफ्नो छुट्टै पहिचान र अस्तित्व छ । आफ्नै भाषामा बोल्न, लेख्न र पढ्न पाउनु हरेक भाषाभाषीको अधिकार हो । नेपालको भाषिक विविधतालाई अङ्गीकार गरी गोरखापत्र दैनिकले भाषिक समावेशीकरणतर्फ पाइला चालेको आज १९ वर्ष पूरा भएको छ । विसं १९५८ वैशाख २४ गते प्रकाशन प्रारम्भ भएको १०६ वर्षपछि २०६४ असोज १ देखि गोरखापत्र दैनिकमा ‘नयाँ नेपाल पृष्ठ’ अन्तर्गत बहुभाषिक सामग्री प्रकाशन सुरु भयो । समावेशीकरणतर्फको यात्रा २० औँ वर्षमा प्रवेश गरेको छ । अहिले नेपालीबाहेक विभिन्न ४९ भाषाका पाठ्यसामग्री गोरखापत्रले प्रकाशन गर्दै आएको छ ।  विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको सफलता र विस्तृत शान्ति सम्झौतापछि मुलुकमा लोकतन्त्र पुनर्स्थाप...

अनुभूति– मेरो अनुहारको अन्तरकथा : राजकुमार दिक्पाल

Image
  राजकुमार दिक्पाल   २७ भदौ २०८३ १३:५८ | Saturday, September 12, 2026   ‘तपाईँ खासमा किन लाहुर नगएको?’ मलाई सोधिने यस्तो प्रश्नको जवाफ मैले धेरै पटक दिइसकेँ। यस्ता प्रश्न सोध्ने पनि अधिकां‌श लेखक नै छन्। म वा मेरो अनुहारले कलम समाएकोमा अचम्भित रहेछ, हाम्रो समाज। म एउटा लाहुरेको छोरो, तर म लाहुर गइनँ, यो मेरो आफ्नै रुचि वा स्वतन्त्रता हो। एकपटक चलचित्रकर्मी नवीन सुब्बाको प्रवचन सुन्ने अवसर पाएको थिएँ, नेपाली अनुहारबारे। उनी भन्दै थिए, ‘दक्षिणतिरबाट नभई उत्तरतिरबाट नेपालमा चलचित्रको अधिक प्रभाव परेको भए नेपालमा सुन्दर अनुहार भनेर कस्तो अनुहारलाई मानिन्थ्यो होला? नेपालमा शासकहरूले मान्ने गरेको देवता पनि धेरैजसो दक्षिणतिरैबाट भित्रिए, उनीहरूको रूपाकृतिमा कुँदिएको आँखा र नाकजस्तै हुनेहरू मात्रै सुन्दर हुने भन्ने भाष्य यहाँ स्थापित हुन पुग्यो।’ सुब्बाले सत्य भने कि कुण्ठा पोखे? यतातिर यसो विचार गरी हेर्छु। आफ्नै अनुभूतिका नाङ्लोमा राखेर उनका भनाइ निफन्ने प्रयास गर्छु। के साँच्चै माछाको जस्तो गोलाकार आँखा र तेलको धाराजस्तो सुलुत्त परेको नाकले मात्रै नेपाली भाष्यमा सुन्दरताक...

मातृभाषा पत्रकारिताको आयाम

Image
  लक्की चौधरी  ५ भदौ २०८३, शुक्रबार  २ हप्ता पहिले शेयर गर्नुहोस: 47 Shares फन्ट परिवर्तन गर्नुहोस: नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो । जातीय विविधताले भरिएको देश भएकाले यहाँ मातृभाषाका वक्ता र पाठक धेरै छन् । १४२ जाति रहेको नेपालमा १२४ भाषा बोलिने गरेको जनगणना २०७८ को तथ्याङ्क छ । अध्ययन अनुसार कुल जनसङ्ख्याको ४४.९ प्रतिशतले सम्पर्क भाषा खस नेपाली बोल्छन् । बाँकी ५५.१ प्रतिशतले आफ्नै मातृभाषामा सञ्चारको काम गर्छन् । यसर्थ खस नेपाली र अङ्ग्रेजीमा मात्र पत्रकारिता गरेर सबैका लागि पत्रकारिता गरेको मान्न सकिँदैन । स्थानीयस्तरमा दूरदराजका नागरिकका लागि सूचनाको स्रोत मातृभाषा पत्रकारिता नै हो । मातृभाषा पत्रकारिताको पहुँच जन जनमा छ । स्थानीय सरकार जस्तै मातृभाषा पत्रकारिताले स्थानीय नागरिकलाई सुसूचित गर्ने गरेको छ । त्यही कारण मातृभाषा पत्रकारिताको आज पनि आवश्यकता छ । यसको प्रवर्धनमा सरकारको लगानी आवश्यक छ ।   लेख्य रूपमा प्रयोग हुने भाषा नेपालमा बोलिने १२४ भाषामध्ये १६ भाषा मात्र लेख्य परम्परामा बढी प्रयोगमा छन्; जसमा नेपाली, मैथिली, भोजपुरी, थारू, तामाङ, नेपाल ...