Posts

Showing posts from May, 2026

६ दिन स्कुल टेकेका ‘गौनबर’ मुन्दमको विश्वविद्यालय (खालिङ समुदायको कुनै धामी वा पुर्खा)

Image
  गीलु रातोस आइतबार, १० जेठ २०८३ झट्ट हेर्दा भियतनामी क्रान्तिका नायक हो ची मिन्ह जस्तो । फुलेका छुस्स दारी । जुँगा पनि अधिकांश फुलिसकेका, तर हो ची मिन्हका भन्दा पनि पातला । बुढ्यौलीले छोएको भए पनि पुक्क परेका गाला । जहाँ उमेर र दुःखका थुप्रै धर्साहरु कोरिएका छन् । चिम्सो आँखा वरिपरि एकदमै नगण्य परेला र आँखीभौँ । थेप्चो नाकसँगै अनुहारमा थुप्रै कोठीहरूले भरिदिएको सौन्दर्य । एउटा खाट्टी आदिवासी अनुहार । फेंगाले अझै उनको पहिचानमा सुन्दरता थपेका थिए, जो हो ची मिन्हको हुलियामा पाइँदैन । सायद बुढ्यौलीले होला, एउटा ठुलो सिमलको रुखमा अडेसिएर भम् (अर्नाको सिङबाट बनाइने बाजा) बजाउन तम्सिरहेका थिए । उनको हुलियाले मलाई आकर्षित गर्‍यो र अनुमतिबिनै मैले उनको तस्बिर खिचेँ । खालिङ समुदायको कुनै धामी वा पुर्खा हुन सक्ने अनुमानका आधारमा पनि उनलाई आफ्नो क्यामेरामा कैद गरेँ । उनले जब आफ्नो मुखमा लगेर भम् बजाउन थाले, वरिपरि भेला भएका सबैलाई चकित पारे । भम् यति लामो समय बजाए कि त्यो अविश्वसनीय थियो । ०८० ज्येष्ठ ८ गतेको दिन उनको तस्बिर त मैले सङ्ग्रह गरेँ तर, उनीसँग नजिकिएर कुरा गर्ने अवसर कहिल्यै जुरेक...